
काठमाडौं ।
काठमाडौं, २६ मंसिर । फेसबुकमा आफ्नो पोस्ट प्रचार गर्ने उपयोगकर्ताहरु तथा विज्ञापनदाताहरुलाई अझ बढि सहूलियत दिने प्रयासमा एक नयाँ टूल लन्च गरेको छ । सोशल नेटवर्किंग साइट फेसबुकले ल्याएको टूलले विषय सामाग्रीलाई प्रचार गर्नका लागि उपयोगकर्ताहरुलाई अधिक अधिकार दिनेछ ।
एक रिपोर्टका अनुसार विज्ञापनदाताहरुका लागि यो टूल सबैभन्दा बढि चाखलाग्दो रहेको छ, जसले स्थान, प्रसिद्ध व्यक्ति तथा खेल समूह जस्तै श्रेणी बनाउने तथा त्यसलाई आफ्नो पोस्टमा जोडनका लागि फेसबुकको डाटाको प्रयोग गर्दछ ।
सोशल म्यानेजरलाई अब कुन पोस्टलाई न्यूज फीडमा प्रचारित गर्न कुन दिन रोक्ने भन्ने अधिकार मिल्नेछ । यो दिनपछि पोस्टको न्यूज फीडमा प्रचार बन्द हुनेछ ।
यो टूलको उदेश्य समाचार प्रकाशकहरुलाई धेरै भन्दा धेरै समाचारहरु समयमा प्रकाशित गर्न सकुन भनेर प्रोत्साहित गर्नु हो । प्रचारको समय समाप्तपछि प्रचार गरिएको सामाग्रीहरु फेसबुकमा उपलब्ध भएपनि त्यसलाई प्रचार गरिनेछैन् ।
यो पब्लिशिंग टूलमा एक टूल स्मार्ट पब्लिशिंगको पनि हुनेछ जुन शुश्रमा केवल एक निश्चित समूहका लागि उपलब्ध हुनेछ । साथै उपभोक्ताले फेसबुकमा पोस्ट गरेका ती समाचारहरुमा ध्यान केन्द्रित गर्नेछ । यदि त्यस्ता सामाग्रीहरु जुन त्यो कम्पनीलाई मनपर्नेछ त्यसलाई न्यूज फीडमा समाहित गर्नेछ । एजेन्सी ।
प्रकाशित: २६ मंसिर २०७१, शुक्रबार