विदेशी लगानीकर्तालाई पनि नेपाली ब्यवसायी जस्तै सुविधाः प्रधानमन्त्री

  • Technology Khabar | १३ भाद्र २०७१, शुक्रबार
विदेशी लगानीकर्तालाई पनि नेपाली ब्यवसायी जस्तै सुविधाः प्रधानमन्त्री

काठमाडौं ।

काठमाडौं, १३ भदौ । नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेडको आमन्त्रणमा नेपाल भ्रमण गर्न आएको क्यानाडेली लगानीकर्ताहरुको टोलीले प्रधानमन्त्री शुशील कोईरालालाई भेटी काठमाण्डौ कुलेखानी हेटौडा सुरुङ्गमार्गमा लगानी गर्न लागेको वताएका छन् । साथै उक्त टोलीले पूर्वाधार तथा यातायात ब्यवस्था मन्त्री विमलेन्द्र निधी, राष्ट्रबैकका गभर्नर डा. युवराज खतिवडालाई समेत भेट गरी नेपालमा लगानी गर्न आफूहरु तयार रहेको बताएका छन् । टोलीमा नेपाल पूर्वाधार विकास कम्पनीका पदाधिकारीहरुको समेत सहभागीता थियो ।

भेटका अवसरमा नेपालमा अहिले लगानी योग्य वातावरण तयार भईसकेको हुनाले नयाँ लगानीलाई स्वागत गर्न नेपाल सरकार सधै तत्पर रहेको जनाउदै प्रधानमन्त्री सुशील कोईरालाले सरकारले सक्दो सहयोग गर्ने आश्वासन दिएका थिए । भेटघाटका अवसरमा प्रधानमन्त्री कोईरालाले नेपालमा लगानी गर्ने विदेशी लगानीकर्ताहरुलाई पनि नेपाली ब्यवसायी जस्तै सुविधा दिएर लगानीमैत्री वातारण निर्माण गर्दैै लगिने बताए । भेटमा नेपाल पूर्वाधार कम्पनीका अध्यक्ष कुश कुमार जोशीले सुरुङ्गमार्ग निर्माणमा क्यानेडियन टोलीले लगानी सम्झौता गरिसेकेकोले निजी क्षेत्रको पहलमा पनि ठुला परियोजना निर्माण हुन सक्छन भन्ने उदाहरणका रुपमा यो सुरुङ्गमार्ग रहेको जानकारी प्रधानमन्त्रीलाई गराएका थिए । प्रतिक्रिया स्वरुप प्रधानमन्त्रीले निर्धक्क भएर लगानी गर्न निजी क्षेत्रलाई आग्रह गरे ।

22

उक्त टोलीले पुर्वाधार तथा यातायात ब्यवस्था मन्त्री विमलेन्द्र निधीलाई समेत भेटी नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेडको निमन्त्रणामा पूर्वाधार क्षेत्रमा लगननी गर्न नेपाल आएको र सुरुङ्गमार्गमा लगानी गर्ने सम्झौता समेत गरि सकेको जानकारी गराएको थियो । क्यानेडियन टोलीका सदस्य साम भौजीले मन्त्रीसँगको भेटमा आर्थिक लगानी मात्र नभई उक्त सम्झौताले प्रविधिको समेत हस्तारण गरीने जानकारी गराएका थिए । नेपाल जस्तो सुन्दर देशमा लगानीको अवसर प्राप्त हुनुले आफुहरु अतिनै खुशी भएको पनि बताएका थिए । मन्त्री निधीले नेपालमा लगानीका प्रसस्तै अवसरहरु रहेकोले विदेशी लगानीलाई नेपाल सरकारले स्वागत गरिरहेको बताए । नेपालमा निजी क्षेत्रले गरेको साहसको प्रसंशा गर्दै मन्त्री निधीले सुरुङ्गमार्ग बन्नेमा आशावादी रहेको बताए । यस विषयमा मन्त्रीलाई निश्चिन्त बन्न अनुरोध गर्दै नेपाल पूर्वाधार विकास कम्पनीका अध्यक्ष जोशीले अव सुरुङ्गमार्ग बन्ने कुरा बास्ताविकता भई सकेको जानकारी दिएका थिए ।

क्यानेडीयन टोलीका सदस्यहरुले नेपालमा २५ वर्ष मुनिका काम गर्ने जनशक्ति पर्याप्त भएको र लगानीको वातावरण बन्न थालेकोले लगानीका लागि आकर्षित भएको धारणा राखेका थिए ।

प्रकाशित: १३ भाद्र २०७१, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

बजाजको चाडपर्व विशेष योजना सार्वजनिक

  • Technology Khabar
  • १३ भाद्र २०७१, शुक्रबार