सामसङले छिट्टै सबैभन्दा मजबुत ग्यालेक्सी एक्सकभर प्रो २ रग्ड स्मार्टफोन ल्याउने

  • Technology Khabar | १९ चैत्र २०७८, शनिबार
सामसङले छिट्टै सबैभन्दा मजबुत ग्यालेक्सी एक्सकभर प्रो २ रग्ड स्मार्टफोन ल्याउने

काठमाडौं ।

सामसङले छिट्टै ग्यालेक्सी एक्सकभर प्रो २ नामको सबैभन्दा बलियो रग्ड फोन ल्याउने भएको छ।

यो स्मार्टफोन केही दिनअघि गीकबेन्चको डाटाबेसमा लिस्ट सूचीकृत भएको ९१मोबाइल्स डट कमले उल्लख गरेको छ।

हाल सामसङको आउँदै गरेको उक्त स्मार्टफोनको विवरण वनलीक्स तथा जुटोन्सले लीक गरेका छन्।

यो डिभाइस यसअघि आएको सामसङको ग्यालेक्सी एक्सकभर प्रोको उत्तराधिकारीका रुपमा आउने बुझिएको छ। लीक अनुसार यो डिभाइसमा सेल्फीका लागि वाटरड्रप नच दिइनेछ।

यस्तै यसको चारैतर्फ बेजल राखिएकोले रग्ड स्मार्टफोन हुने सुनिश्चित भएको छ। सामसङको स्मार्टफोनको पछाडिपट्टि डुअल रियर क्यामरा सेटअप दिइने बताइएको छ।

६.६५ इन्चको फुल एचडी+ एमोलेड डिस्प्ले प्यानल रहने यो फोनमा स्न्यापड्रागन ७७८जी प्रोसेसर रहने बताइएको छ। यस्तै यसमा ६ जीबी र्याम र एन्ड्रोइड १२ रहने समाचारमा उल्लेख छ।

प्रकाशित: १९ चैत्र २०७८, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार