ग्यालेक्सी एम १३ फाइभजी स्मार्टफोनको उत्पादन भारतमा गर्दै सामसङ

  • Technology Khabar | १७ चैत्र २०७८, बिहीबार
ग्यालेक्सी एम १३ फाइभजी स्मार्टफोनको उत्पादन भारतमा गर्दै सामसङ

काठमाडौं ।

सामसङले ग्यालेक्सी एम सिरिजका आगामी स्मार्टफोनहरूको उत्पादन भारतमा नै गर्न सुरु गरेको छ। यो आगामी सामसङ स्मार्टफोन कम्पनीको बजेट स्मार्टफोन हुनेछ जुन सामसङ ग्यालेक्सी एम १३ फाइभजी नामबाट भारतमा प्रवेश गर्नेछ।

सामसङ ग्यालेक्सी एम १३ फाइभजी स्मार्टफोनको उत्पादन भारतमा सुरु भएको ९१मोबाइल्सले उद्योग स्रोतहरू उदृत गर्दै रिपोर्ट गरेको छ। सामसङ ग्यालेक्सी एम १३ फाइभजी स्मार्टफोनको मोडेल नम्बर एसएम-एम१३५ हो।

सामसङले अप्रिल २ मा भारतमा ग्यालेक्सी एम सिरिजको ग्यालेक्सी एम३३ फाइभजी स्मार्टफोन लन्च गर्दैछ। रिपोर्टकाअनुसार आगामी सामसङ ग्यालेक्सी एम १३ फाइभजी चाँडै भारतमा लन्च हुन सक्छ। सामसङका ग्यालेक्सी एम सिरिजका स्मार्टफोनहरू पावरफुल ब्याट्रीका साथ लन्च गरिएका छन्।

आगामी सामसङ ग्यालेक्सी एम १३ फाइभजीको बारेमा धेरै जानकारी छैन। यद्यपि यो निश्चित छ कि यो स्मार्टफोन गत वर्ष लन्च गरिएको सामसङ ग्यालेक्सी एम १२ को तुलनामा धेरै अपडेटहरू सहित प्रदान गरिनेछ। सामसङले ४जी कनेक्टिभिटी भएको ग्यालेक्सी एम १२ स्मार्टफोन ल्याएको थियो।

सामसङको आगामी स्मार्टफोनमा ९० हर्ज रिफ्रेस रेटका साथ ६.५ इन्च फुल-एचडी प्लस डिस्प्ले दिने अनुमान गरिएकोछ। यसका साथै ग्यालेक्सी एम १३ फाइभजी स्मार्टफोनमा ५,००० एमएएच ब्याट्री, ६ जीबी र्याम र क्वाड रियर क्यामरा सेटअपका साथसाथै १२८ जीबी स्टोरेज हुन सक्नेछ। ग्यालेक्सी एम १३ फाइभजी स्मार्टफोन एन्ड्रोइड ११ मा आधारित वानयूआईमा चल्नेछ। यो सामसंग फोनसंग चार्जर उपलब्ध नहुने सम्भावना छ।

प्रकाशित: १७ चैत्र २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार