क्रोमको अहिलेको भर्सनमा थुप्रै समस्या, तुरुन्तै अपडेट गर्न गुगलको आग्रह

  • Technology Khabar | १६ चैत्र २०७८, बुधबार
क्रोमको अहिलेको भर्सनमा थुप्रै समस्या, तुरुन्तै अपडेट गर्न गुगलको आग्रह

काठमाडौं ।

गुगलले आफ्ना यूजरहरुका लागि इमरजेन्सी सेक्युरिटी अलर्ट जारी गरेको छ। कम्पनीले क्रोम प्रयोग गरिरहेका सबै यूजरलाई तुरुन्तै अपडेट गर्न आग्रह पनि गरेको छ।

गुगलका अनुसार हाल चलिरहेको क्रोममा थुप्रै समस्याहरु रहेकाले सबै प्रयोगकर्ताले आफ्ना कम्प्युटर तथा स्मार्टफोन तुरुन्त अपडे गर्न सुझाव दिएको छ।

कम्पनीले क्रोमको हालको भर्सनमा केही समस्या अर्थात् बगहरु रहेको र त्यसमार्फत् ह्याकरहरुले सम्बन्धित डिभाइसमा पहुँच राखेर ह्याक गर्न सक्ने भएकाले अपडेट आवश्यक रहेको सुझाएको भास्कर डटकमले उल्लेख गरेको छ।

कम्पनीका अनुसार हाल विश्वभरमा क्रोम प्रयोगकर्ताको सङ्ख्या ३२ अर्ब रहेको छ।

गुगलले अपडेट जारी गर्दै प्रयोगकर्तालाई क्रोम अपडेटको अलर्ट पठाएको बुझिएको छ। अपडेट भए पछि क्रोमको भर्सन ९९.०.४८४४.८४ हुने कम्पनीले जनाएको छ।

हाल चलिरहेको भर्सन भने ९८.०.४७५८.८० वा ९८.०.४७५८.८०/८१/८२ रहेको छ।

यसरी गर्नुहोस् क्रोम अपडेट

  • गुगल क्रोममा दायाँपट्टि दिइएको तीन ओटा थोप्लामा क्लिक गर्नुहोस्
  • यसपछि हेल्प ट्याबमा क्लिक गर्नुहोस्
  • यहाँ चा ओटा अप्शन आउँछ। तीमध्ये माथिल्लो अप्शनमा क्लिक गरेर क्रोमको भर्सन पत्ता लगाउन सकिन्छ।
  • नयाँ भर्सनमा क्लिक गरेर क्रोम अपडेट गर्न सकिन्छ।

प्रकाशित: १६ चैत्र २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार