एप्पलले आईफोन, एयरपडको उत्पादन घटाउने

  • Technology Khabar | १४ चैत्र २०७८, सोमबार
एप्पलले आईफोन, एयरपडको उत्पादन घटाउने

काठमाडौं ।

एप्पल इंकले आईफोन तथा एयरपडको उत्पादन घटाउने भएको छ।

यूक्रेन युद्ध तथा बढिरहेको मुद्रास्फीतिले कन्जुमर इलेक्ट्रोनिक्सको माग निकै घटेका कारण यस्तो निर्णय गरिएको स्रोतहरुलाई उल्लेख गर्दै निक्केईले बिहीबार जनाएको हो।

कम्पनीले आउँदो त्रैमासमा २० प्रतिशत कम आईफोन एसई अर्थात् यसअघिको योजनाबाट घटाएर २० देखि ३० लाख थान मात्र उत्पादन गर्ने निक्केईलाई उल्लेख गर्दै रोयटर्सले जनाएको छ।

यस्तै कम्पनीले २०२२ भरीका लागि एयरपड वायरलेस हेडफोनको अर्डर पनि १ करोड थान घटाएको छ।

यसअघि यसै महिना एप्पलले फाइभजी कनेक्टिभिटीयुक्त आईफोन एसई सार्वजनिक गरेको थियो।

प्रकाशित: १४ चैत्र २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार