कृषि मेलामा नबिल बैंकको साथ, दिगो बैंकिङ मार्फत प्रबर्द्धन गर्ने

  • Technology Khabar | १० चैत्र २०७८, बिहीबार
कृषि मेलामा नबिल बैंकको साथ, दिगो बैंकिङ मार्फत प्रबर्द्धन गर्ने

काठमाडौं ।

चितवन एक्स्पो सेन्टर, भरतपुरमा बहुप्रतिक्षित कृषि कर्जा मेला सुरु भएको छ, जुन चैत १२ सम्म सञ्चालन हुनेछ। आज आयोजित एक उदघाटन कार्यक्रममा नबिल बैंकका अध्यक्ष तथा ‘ग्लोबल एलायन्स फर बैंकिङ अन भ्याल्यु’ का एशिया प्यासिफिक प्रतिनीधि उपेन्द्र पौडेलले निक्षेपकर्ताको पैसा सुरक्षित भएको र सम्भावित लगानी क्षेत्रमा कर्जा दिन बैंक तयार भएको बताए। मुल्य श्रृंखला बनाउन सके कृषिमा लगानी बढ्ने उनले बताए।

“नबिल बैंकले दिगो बैंकिङ अगाडी बढाएको छ । त्यसको प्रमुख कार्यक्रम कृषि छ,” उनले भने, “हाम्रो उर्भर जमिन भोलि रहन्छ की रहँदैन, भोलिको दिनमा सन्ततीको भविष्यलाई नविगारी अहिले विकास गर्ने हो । जुन दिगो विकास हो,” उनले कृषि क्षेत्रमा बैंकले लगानी नगरेको भए यति परिवर्तन नहुने दाबी गरे।

“कृषि क्षेत्रको विकासको लागि बैंकहरुले जति प्रभाव पारेको छ त्यो भन्न सकेको छैनौ । भोलिको दिनमा कृषि क्षेत्रको विकासमा परेको प्रभाव भन्न सक्ने गरि अगाडी बढौं ।” उनले भने, “बैंकले निक्षेपकार्ताको पैसा फिर्ता हुने गरी हेरेर लगानी गर्ने हो, कृषिमा लगानी गर्दा निक्षेपकर्ताको पैसा सुरक्षित छ भन्नेगरि मुल्य श्रृंखला निमार्ण गरौं, बैंकले कृषिमा लगानी गर्छन् ।”

बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले कृषिमा समग्र ‘इको सिस्टम’ र ‘भ्यालु चेन’ मा नै समस्या रहेको बताए। शाहले आफ्ने अनुभव सनाउँदै भने, धेरै ठाउँमा जाँदा तपाइहरु किसानलाई कर्जा दिनु हुँदैन, बैंकले कर्जा दिएको भए किन युवा विदेश जानुपर्थ्यो, । घरजग्गा र सेयरमा कर्जा दिनुहुन्छ तर किसानलाई पैसा दिनुहुन्न भन्ने गरेको सुनिन्छ, उनले सुनाए ।

“नबिल बैंकले ‘नबिल दिगो बैंकिङ’ गरेर हाम्रो टिमलाई गाउँमा किसँनसँग पठायौं, गाउँमा खेत त छ तर किसान साउदी, मलेसीया र जापानमा रहेछन् । जो किसान रहेछन् उनिहरुले पैसा रोपेर केही हुँदैन बीज चाहियो भन्ने रहेछन् ।”

उनले बैंकहरु कर्जा दिन तयार भएपनि निक्षेपकर्ताको पैसा लगानी गर्दा त्यसको सावाँ र थोरै ब्याज फिर्ता हुने सुनिश्चितता खोज्नुपर्ने बताए । “कर्जा दिन बैंक तयार छौं तर, हाम्रो किसानले कर्जा लिएर ब्याज मात्रै हैन तिर्ने मात्रै हैन त्यसबबाट आम्दानी गर्न ‘इको सिस्टम’ बनाउनुपर्छ भनेर बुझ्नु भएको छ,” उनले भने, “नबिल बैंक किसान र कृषिमा लगानी गर्ने भनेर अगाडी बढेका छौं । हामी प्रतिवद्धता जनाउँछौं, तर जबसम्म लगानी गरेको पैसाको साँवा र पैसा फिर्ता आउँछ भनेर देखिदैन लगानी गर्न समस्या हुन्छ।”

बैंक भनेको निक्षेपकर्ताको पैसाबाट चल्ने भएकोले जबसम्म इकोसिस्टम बनेर त्यो पैसा मैले सुरक्षित देखिदैन कृषि क्षेत्रमा समस्या रहने उनले बताए। “अब त्यो ‘इको सिस्टम’ बनाउन बैंकहरु अगाडी बढ्छ। ५० हजार, ५ करोड र ५० करोडको लोन चाहिए पनि पछि हट्दैन। तर, हामी सावाँ र थारै ब्याज उठ्छ भन्ने वातावरण देख्न चाहन्छौं ।”

प्रकाशित: १० चैत्र २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...