
काठमाडौं ।
नेपाल एसबिआई बैंकले बैंकिङ क्षेत्रमा साइबर/आइटी सुरक्षासम्बन्धी अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ।
कार्यक्रममा भारतीय स्टेट बैंकका प्रमुख महाप्रबन्धक तथा समुह प्रमुख सूचना सुरक्षा अधिकारी अनिलकुमार सिंह भण्डारीले भारतीय बैंकिङ क्षेत्रमा साइबर/आइटी सुरक्षाको वर्तमान अवस्थालाई प्रकाश पार्दै आफ्ना अनुभव सुनाएका थिए ।
कार्यक्रममा भारतीय स्टेट बैंकका महाप्रबन्धक पूर्वाङ नविनचन्द्र शाह, नेपाल एसबिआई बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपकुमार दे, नायव प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत मोहम्मद रिजवान आलम तथा नेपाल राष्ट्र बैंक, भुक्तानी प्रणाली विभागका उपनिर्देशकसौरभ पोखरेल पनि उपस्थित थिए।
कार्यक्रममा अन्य वाणिज्य बैंकका सूचना सुरक्षा अधिकारी तथा आइटी प्रमुखको सहभागिता थियो ।
प्रकाशित: १० चैत्र २०७८, बिहीबार