
काठमाडौं ।
अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले हाम्रो सौर्यमण्डल बाहिर ५ हजारभन्दा बढी ग्रह अर्थात एक्जोप्लानेट रहेको पुष्टि गरेको छ। धेरै वर्ष पहिलेसम्म वैज्ञानिकहरूले चुनिएका ग्रहहरूको बारेमा जानकारी पाएका थिए तर संसारको बारेमा जान्न चाहने जिज्ञासाले उनीहरूलाई यो बिन्दुमा पुर्याएको छ।
नासाले आफ्नो एक्जोप्लानेट अभिलेखमा ६५ ओटा ग्रहहरूको नयाँ ब्याच थपेको छ, जुन हाम्रो वर्तमान सौर्य परिवार बाहिर छन्। यसरी विगत ३० वर्षमा सौर्यमण्डल बाहिरका ५ हजारभन्दा बढी ग्रहहरू पत्ता लागेका हुन् ।
एक्जोप्लानेट आर्काईभले पत्ता लगाउन र त्यसपछि तिनीहरूको अस्तित्व पुष्टि गर्न विभिन्न विधिहरू प्रयोग गरी गरिएका आविष्कारहरूलाई रेकर्ड गर्दछ।
नासाले भन्यो, “यी एक्सोप्लानेटहरू पृथ्वी जस्तो सानो र चट्टानी संसारदेखि लिएर ‘सुपर अर्थ’ सम्मका छन्, जुन हाम्रो सौर्यमण्डलका ग्रहहरू भन्दा ठूला छन्। त्यहाँ बृहस्पति र ‘मिनी-नेप्च्युन’ भन्दा ठूला ग्रहहरू पनि छन्। कतिपय ग्रहहरू एकैपटक दुई ताराको वरिपरि घुम्छन् भने धेरै ग्रहहरू त मृत ताराहरूको अवशेषको वरिपरि घुम्छन्।”
नासा एक्सोप्लानेट साइन्स इन्स्टिच्युटका अनुसन्धान वैज्ञानिक जेसी क्रिस्टियनसेनले यो संख्या मात्र नभई ती प्रत्येक ग्रह नयाँ संसार भएको बताए। वैज्ञानिकले भने, “उनी हरेक ग्रहको बारेमा उत्साहित हुन्छन्, किनभने तिनीहरूको बारेमा अझै केही थाहा छैन।”
हाम्रो आकाशगंगामा करोडौं ग्रहहरू हुने सम्भावना रहेको बताईएको छ। सुरुमा हाम्रो सूर्यको परिक्रमा गर्ने ग्रहहरू मात्र पत्ता लगाउन सक्षम भएकोमा १९९२ मा, वैज्ञानिकहरूले वेधशालाहरूको सहयोगमा ग्रहहरू पत्ता लगाउन थाले।
यसमध्ये पहिलो पटक, एक न्युट्रोन ताराको जानकारी थाहा भएको थियो, जसलाई पल्सर भनिन्छ। पल्सरबाट आउने आवाजको अध्ययन गर्दै वैज्ञानिकहरूले यसको वरिपरि कक्षमा रहेका ग्रहहरू पत्ता लगाए।
सो पेपरका प्रमुख लेखक, अलेक्ज्याण्डर वोल्सजनले ३० वर्षअघि हाम्रो सौर्यमण्डल बाहिर नयाँ ग्रहहरूको अस्तित्व पुष्टि गरेका थिए। त्यसपछि उनले यदि ग्रहहरू न्यूट्रोन ताराहरू वरिपरि फेला पार्न सकिन्छ भने ग्रहहरू सबै ठाउँमा हुनुपर्ने बताए।
अब वैज्ञानिकहरूले जेम्स वेब जस्ता नयाँ टेलिस्कोपहरू र तिनीहरूमा स्थापित संवेदनशील उपकरणहरूले एक्सोप्लानेट अनुसन्धानलाई गति दिन मद्दत गर्ने आशा गरेका छन्।
आगामी केही वर्षमा धेरै टेलिस्कोपहरू पनि लन्च हुने अपेक्षा गरिएको छ। ती मध्ये, न्यान्सी ग्रेस रोमन स्पेस टेलिस्कोप २०२७ मा प्रक्षेपण गर्न सकिने अपेक्षा गरिएको छ। यसबाहेक युरोपेली अन्तरिक्ष एजेन्सीको एआरआईएल मिसन सन् २०२९ मा प्रक्षेपण गर्ने तयारी गरिएको छ। एजेन्सीहरुका साथ
प्रकाशित: ९ चैत्र २०७८, बुधबार