भिभो एक्स नोट स्मार्टफोनका विवरण र डिजाइन लीक

  • Technology Khabar | ९ चैत्र २०७८, बुधबार

काठमाडौं ।

चिनियाँ स्मार्टफोन कम्पनी भिभोको आउँदै गरेको नोट एक्सको विवरण लीक भएको छ।

कम्पनी हाल आफ्नो एक्स सीरिजको नयाँ स्मार्टफोन सार्वजनिक गर्ने तयारीमा जुटेको छ।

कम्पनीको आउँदै गरेको एक्स नोट सिरिजको विवरण बाहिरिएकाले यो सिरिजका स्मार्टफोन छिट्टै सार्वजनिक हुन सक्ने आकलन गरिएको छ।

भिभोको यो फोन सार्वजनिक हुने यकिन मिति थाहा भइनसके पनि यसै वर्षको मे महिनाभित्र कमसेकम चीनमा आइसक्ने अपेक्षा गरिएको छ।सार्वजनिक हुनुभन्दा केही अगाडि भिभो मलले यसका बारेमा केही महत्वपूर्ण विवरण जारी गरेको हो।

बाहिर आएका फोटो र विवरण अनुसार यसमा कर्भ्ड डिस्प्ले दिइनेछ भने सेल्फीका लागि पन्चहोल कटआउट राखिनेछ। यसबाहेक भिभो एक्स नोट नीलो रंगमा आउने तथा पछाडिपट्टि ५० मेगापिक्सेलको एस५केजीएन१ क्यामरा सेन्सर रहने बुझिएको छ।

९१मोबाइल्स डटकमका अनुसार यसका साथै यसमा २के रेजोल्युशनयुक्त ७ इन्चको सामसङको ई५ एमोलेड डिस्प्ले रहने र थ्रीडी अल्ट्रासोनिक फिंगरप्रिन्ट स्क्यानर पनि उपलब्ध हुनेछ।

भिभोको यो फ्ल्यागशिप फोनमा स्न्यापड्रागन ८ जेन १ चिपसेट तथा १२ जीबी र्यामका साथमा २५६ तथा ५१२ जीबीको आन्तरिक स्टोरेज रहने बुझिएको छ।

यसबाहेक पावरका लागि ८० वाट फास्ट चार्जिङसहितको ५००० एमएएच ब्याट्री राखिएको यो डिभाइस एन्ड्रोइड १२ मा आधारित ओरिजिन ओएस ओसियनमा चल्ने ९१मोबाइल्सले उल्लेख गरेको छ।

प्रकाशित: ९ चैत्र २०७८, बुधबार

तपाइको प्रतिक्रिया

ताजा समाचार