
काठमाडौं ।
मेटा अन्तर्गतको इन्स्टाग्रामले अमेरिकाका प्रयोगकर्ताका लागि आफ्ना पोस्टमा उत्पादन तथा ब्रान्ड ट्याग गर्न पाउने फिचर ल्याएको छ।
यो फिचर मंगलबारदेखि शुरु भएको हो। यसअघि यो सुविधा सर्जक वा बिजनेस एकाउन्टका लागि मात्र उपलब्ध थियो। कम्पनीले केही महिनाभित्र यो फिचर सबै प्रयोगकर्तालाई उपलब्ध गराउने बताएको छ।
केही वर्षयता इन्स्टाग्राम बिस्तारै एपमार्फत् विभिन्न सामग्री बिक्री गर्नेतर्फ ध्यान केन्द्रित गर्दै आएको छ। यसै क्रममा पछिल्लो अपडेटमार्फत् यूजरहरुले फोटो, स्टोरिज तथा भिडियो पोस्टमा फिचर भएका उत्पादनहरु सजिलै पहिचान गर्न सक्नेछन्।
एपले अन्त्यमा आफ्नो छोटो भिडियो प्लेटफर्म रील्सलाई पनि यसैमा मिसाउने योजना बनाएको जीएसएमएररिनाले उल्लेख गरेको छ।
कुनै प्रडक्ट ट्याग गर्नका लागि उक्त आइटमको ब्रान्डलाई ट्याग गर्नुपर्ने बताइएको छ। पोस्ट क्रियट गरेपछि ‘ट्याग पिपल’ मा गएर ब्रान्ड ट्याग गर्नुपर्छ।
जीएसएमएरिनाले जनाए अनुसार यसपछि ‘ट्याग प्रडक्ट्स’ देखा पर्छ र यहाँबाट फोटोमा भएको फोटोमा क्लिक गरेर ब्रान्डभित्रको आइटम सेलेक्ट गर्न सकिन्छ। यसपछि अन्यले एप बा लिंकमार्फत् त्यसलाई खरिद गर्न सक्छन्।
प्रकाशित: ९ चैत्र २०७८, बुधबार