टेलिग्राम हाल रुसमा सबैभन्दा लोकप्रिय मेसेन्जर एप

  • Technology Khabar | ९ चैत्र २०७८, बुधबार
टेलिग्राम हाल रुसमा सबैभन्दा लोकप्रिय मेसेन्जर एप
Global IME Bank

काठमाडौं ।

मेसेजिङ एप टेलिग्राम हाल रुसमा निकै लोकप्रिय भइरहेको छ। चिनियाँ समाचार संस्था गिजचाइनाका अनुसार उक्त मेसेन्जर रुसमा पहिलोपटक यति लोकप्रिय भएको हो।

यो जानकारी हालै मेगाफोन नामक संस्थाको रिपोर्टमा उल्लेख गरिएको र रिपोर्टअनुसार हाल ७ करोड २० लाखभन्दा बढीले उक्त एप प्रयोग गरिरहेको उल्लेख छ।

टेलिग्रामका अधिकारीहरुले भने यसबारेमा टिप्पणी गर्न नमानेको समाचारमा उल्लेख छ।

रिपोर्टमा उक्त एपको लोकप्रियता गत फेब्रुअरी २४ देखि बढ्न थालेको उल्लेख छ।

कम्पनीले मार्चको शुरुवाती २ हप्तामा मेसेन्जर ट्राफिकको आँकडामा टेलिग्रामको हिस्सा ४८ बाट बढेर ६३ प्रतिशत पुगेको दावी गरेको छ।

रुसमा अन्य लोकप्रिय प्लेटफर्महरुमाथि प्रतिबन्ध लगाइएपछि टेलिग्रामतर्फ मानिसहरुको झुकाव भएको आकलन गरिएको छ। यो महिना रुस सरकारले फेसबुक तथा इन्स्टाग्रामलाई अतिवादीको प्लेटफर्म भएको आरोप लगाउँदै प्रतिबन्ध लगाएको थियो।

प्रकाशित: ९ चैत्र २०७८, बुधबार

Global IME Bank
तपाइको प्रतिक्रिया

ताजा समाचार