सोनीद्वारा भारतमा ७ हजारभन्दा बढी प्लेस्टेशन एकाउन्ट बन्द

  • Technology Khabar | ९ चैत्र २०७८, बुधबार

काठमाडौं ।

सोनीले भारतमा ७ हजारभन्दा बढी प्लेस्टेशन एकाउन्टमाथि प्रतिबन्ध लगाएको छ।

ऋषि अलवानीलाई उद्धृत गरिएको माइस्मार्टप्राइसको नयाँ रिपोर्ट अनुसार सोनीले हालै ७ हजारभन्दा बढी प्लेस्टेशन नेटवर्क एकाउन्टमाथि प्रतिबन्ध लगाएको गिजचाइनाले उल्लेख गरेको छ।

यसले भारतका थुप्रै गेम रिटेलरहरुलाई आफ्नो काम रोक्नुपरेको बुझिएको छ। ती रिटेलरहरुले यस्ता एकाउन्टहरुलाई निकै चर्को रकममा गेमको एक्सेस उपलब्ध गराउँदै आएका थिए।

भारतमा पीएस३ कव बेलादेखि नै यही तरिका अपनाइँदै आएको थियो। तर पीएस४ को बेला यसो गर्न निकै गाह्रो परेको थियो। सोनीले बेलाबेला यस्तो हर्कत गर्नेहरुमाथि यस्तै प्रतिबन्ध लगाउँदै आएको छ।

यी रिटेलरहरु सोनीका आधिकारिक बिक्रेता नभई एकाउन्टहरु भाडामा दिने वा बेच्ने गिरोह रहेका गिजचाइनाले उल्लेख गरेको छ।

प्रकाशित: ९ चैत्र २०७८, बुधबार

तपाइको प्रतिक्रिया