८ महिनामा भित्रिए ४५ करोडभन्दा बढीका स्मार्टवाच

  • Technology Khabar | ८ चैत्र २०७८, मंगलवार
८ महिनामा भित्रिए ४५ करोडभन्दा बढीका स्मार्टवाच

काठमाडौं ।

-साजन सुवेदी

चालु आर्थिक वर्ष २०७८/७९ को फागुन मसान्तसम्म नेपालमा ४५ करोड ३२ लाख ६५ हजार रुपैयाँ बराबरका स्मार्टवाच आयात भएका छन्।

यो तथ्याङ्क भन्सार विभागले हालै अद्यावधिक गरेको यो आर्थिक वर्षको फागुन मसान्तसम्मको प्रतिवेदनमा उल्लेख गरिएको छ।

तथ्याङ्क अनुसार आर्थिक वर्षको ८ महिनाको अवधिमा उक्त रकम बराबरको ३ लाख २५ हजार ४८ थान स्मार्टवाच आयात गरिएको हो।

यो आँकडा शुरुवाती ७ अर्थात् माघ मसान्तसम्म ४३ करोड १० लाख ८३ हजार तथा पुष मसान्तसम्म ३५ करोड ७० लाख ३१ हजार रुपैयाँको थियो।

यस हिसाबले पुषबाट माघ सम्मको १ महिनामा ७ करोड ४० लाख १२ हजार रुपैयाँ तथा माघदेखि फागुनसम्मको एक महिनामा २ करोड २१ लाख ८० हजार रुपैयाँ बराबरको स्मार्टवाच आयात भएका देखिन्छ।

यस्तै सङ्ख्याका हिसाबले पुषदेखि माघ मसान्तसम्म ४२ हजार ९२१ थानले बढेकोमा माघदेखि फागुन मसान्तसम्मको अवधिमा भने १६ हजार ३० थान स्मार्टवाचको आयात बढेको देखिन्छ।

सबैभन्दा बढी चीनबाट ३,०६,४०८ थान

आयात भएकामध्ये चीनबाट सबैभन्दा धेरै अर्थात् ३ लाख ६ हजार ४०८ ओटा तथा भारत बाट १३ हजार ६२६ ओटा स्मार्टवाचहरु आयात भएका छन्।

यी स्मार्टवाचका मूल्यमध्ये चीनबाट आयात गरिएकाको ३५ करोड ३० लाख २३ हजार तथा भारतबाट ल्याइएकाको २ करोड ४३ लाख ३३ हजार रुपैयाँ रहेको छ।

यसबाहेक यो आर्थिक वर्षको ८ महिनाको अवधिमा अन्य २० देशबाट पनि विभिन्न सङ्ख्यामा स्मार्टवाचहरु आयात भएको प्रतिवेदनमा उल्लेख छ। उक्त सूचीलाई तालिकामा यसरी हेर्न सकिन्छ।

देशसङ्ख्यारकम रु.देशसङ्ख्यारकम रु.
अस्ट्रेलिया७७७, ९०, ०००कोरिया३४६, ८८,०००
बेलायत१५८, ०००कुवेत८,०००
भियतनाम२, ४२१६, ७९, १९, ०००मलेसिया२१,०००
साइप्रस७, ०००न्यूजिल्याण्ड१४,०००
चेक रिपब्लिक२५, ७६, ०००अमेरिका७४१०, ३२, ०००
फ्रान्स१४,०००सिंगापुर२७,०००
हङकङ८,०००ताइवान२, ३४५१९, ४०, ०००
यूएई२३५,११,०००थाइल्याण्ड१६,०००
जापान१११, १३, ०००यूक्रेन१०, ०००

प्रकाशित: ८ चैत्र २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...