गुगलको एन्ड्रोइड एपमा अन्तिम १५ मिनेटको सर्च हिस्ट्री डिलिट गर्न सकिने

  • Technology Khabar | ८ चैत्र २०७८, मंगलवार
गुगलको एन्ड्रोइड एपमा अन्तिम १५ मिनेटको सर्च हिस्ट्री डिलिट गर्न सकिने

काठमाडौं ।

गुगलले अन्ततः प्रयोगकर्ताको एन्ड्रोइड एपमा सर्च हिस्ट्री (खोज इतिहास)को अन्तिम १५ मिनेट मेटाउने क्षमता ल्याइरहेको छ।

“हामी हाल यो सुविधा एन्ड्रोइडको लागि गुगल एपमा रोल आउट गर्दैछौं र यो एप प्रयोग गर्ने सबैका लागि आगामी केही हप्तामा उपलब्ध हुने अपेक्षा गर्दछौं,” गुगलका प्रवक्ता नेड एड्रियन्सले द भर्जलाई दिएको जानकारीमा भने, “हामी यो उपयोगी सुविधालाई अन्य प्लेटफर्महरूमा ल्याउने तरिकाहरू अन्वेषण गर्न जारी राख्छौं।”

यो सुविधा पहिलो पटक एक्सडीए डेभलपर्सका पूर्व सम्पादक-इन-चीफ मिशाल रहमानले देखेका थिए, जसकाअनुसार यो सुविधा रोल आउट हुने अवस्थामा देखिएको थियो।

यो नयाँ फिचर तपाईंसँग छ कि छैन भनेर जाँच्न र हेर्नको लागि, गुगलको एन्ड्रोइड एप खोल्नुहोस्, आफ्नो प्रोफाइल तस्वीर ट्याप गर्नुहोस्, र “अन्तिम १५ मिनेट मेटाउनुहोस्(Delete last 15 min)” विकल्प खोज्नुहोस्।

यो सुविधाले एन्ड्रोइड एपमा आफ्नो बाटो बनाउन केही समय लिएको छ। गुगलले पहिलो पटक मेमा गुगल आई/ओ (Google I/O) मा सुविधा घोषणा गरेको थियो, र यो जुलाईमा गुगलको आईओएस एपमा आयो। त्यसबेला, गुगलले यो एपको एन्ड्रोइड संस्करण २०२१ पछि आउने बताएको थियो, तर केही कारणले कम्पनीले त्यो म्याद गुमाएको थियो।

गुगलले यो सुविधालाई डेस्कटपमा ल्याउने योजना बनाएको छ वा छैन भन्ने बारेमा अझै जानकारी छैन्। यसको मे घोषणा पोस्टमा, कम्पनीले कुन प्लेटफर्महरूमा उपलब्ध हुनेछ भनेर निर्दिष्ट गरेन, र जुलाईमा, गुगलले यो सुविधा आईओएस र एन्ड्रोइड एपहरूमा आउँदैछ भन्ने  जानकारी दिएको  थियो।

गुगलले तपाइँको सर्च हिस्ट्रीमा तीन, १८, वा ३६ महिना पुरानो चीजहरू स्वचालित रूपमा मेटाउन टूल पनि प्रदान गर्दछ।

प्रकाशित: ८ चैत्र २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार