एपिक गेम्सले फोर्टनाइटको २ हप्ताको कमाई यूक्रेनमा मानवीय प्रयासका लागि प्रदान गर्ने

  • Technology Khabar | ८ चैत्र २०७८, मंगलवार
एपिक गेम्सले फोर्टनाइटको २ हप्ताको कमाई यूक्रेनमा मानवीय प्रयासका लागि प्रदान गर्ने

काठमाडौं ।

एपिक गेम्सले फोर्टनाइट गेम्समार्फत् २ हप्ताको कमाई यूक्रेनमा मानवीय संस्थालाई प्रदान गर्ने भएको छ।

कम्पनीले रुस हमलाका कारण पीडित यूक्रेनीहरुलाई राहत प्रदान गर्ने उद्देश्यले यस्तो निर्णय गरेको इन्ग्याजेटले जनाएको छ।

यसअन्तर्गति भी-बक्स खरिद गर्नुपरेमा कस्मेटिक प्याक तथा अन्य आइटम सेलेक्ट गर्दा जे जति रकम एपिक गेम्सले पाउँछ त्यो सबै यूक्रेनीहरुलाई राहत प्रदान गरिरहेका डाइरेक्ट रिलिफ तथा यूनिसेफजस्ता संस्थामा पुग्ने इन्ग्याजेटले जनाएको छ।

यसबाहेक एपिकले गिफ्ट कार्ड खरिद गरेर २ हप्ताभित्र त्यसलाई प्राप्त गरेमा त्यसमार्फत् आउने रकम पनि सोही प्रयोजनाका लागि प्रदान गर्ने बताएको छ।

प्रकाशित: ८ चैत्र २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Ncell launches exclusive bundle package for iPhone 18 buyers

  • Technology Khabar
  • ८ चैत्र २०७८, मंगलवार