काठको गोलियामा नम्बर लेख्न ‘इङ्क जेट प्रिन्टर’

  • Technology Khabar | ७ चैत्र २०७८, सोमबार
काठको गोलियामा नम्बर लेख्न ‘इङ्क जेट प्रिन्टर’
सांकेतिक तस्बिर

काठमाडौं ।

कपिलवस्तुमा पहिलो पटक डिभिजन वन कार्यालयले ‘इङ्क जेट प्रिन्टर’ प्रविधिबाट काठको गोलियामा नम्बर राख्न सुरु गरेको छ। यसअघि काठको गोलियामा इनामेल र चकले नम्बर लेख्ने गरिँदै आएको थियो।

डिभिजन वन कार्यालय कपिलवस्तुका प्रमुख विजयराज सुवेदीका अनुसार काठको गोलियामा नम्बर राख्न नेपालमै पहिलो पटक यो प्रविधि भित्र्याइएको हो। काठ नम्बरिङका लागि प्रतिगोटा करिब ८० हजार मूल्यका २ वटा प्रिन्टर मेसिन किनेर ल्याइएको उनले बताए ।“प्रिन्टरबाट गोलियामा नम्बर राख्दा नम्बर मेटिँदै न”, उनले भने ।

काठको गोलिया नम्बर, कुन छपान रूखबाट गोलिया निकालिएको हो जस्ता तथ्याङ्क यो प्रविधिबाट सजिलै पत्ता लगाउन सकिने प्रमुख सुवेदीको भनाइ छ।

यसअघि गोलियामा पेन्ट इनामेल र चकले नम्बर लेख्दा मेटिने समस्याले निकै गाह्रो हुने गरेको थियो ।

“चक र इनामेलले लेख्दा गोलियामा दीर्घकालसम्म नम्बर र हँदैनथ्यो, मेटिने गर्थ्यो । पानीले पुछेर हेर्दा पनि नम्बर स्पष्ट हुन्थेन”, सहायक वन अधिकृत मदन स्यान्डिलले बताए ।

अहिले भित्र्याइएको प्रिन्टर मेसिनले क्यूआर कोडसमेत थाहा पाउन सकिने उनले बताए। पेन ड्राइभमा समेत डाटा राख्न सकिने, फोटो पनि हाल्न सकिने लगायतका सुविधाले निकै सजिलो भएको सहायक वन अधिकृत स्यान्डिल्यले बताए । उनले भने , “प्रिन्टरले सयमको बचत र सुरक्षितसमेत बनाएको छ ।”

सो मेसिनबाट आवश्यक्ता अनुसार हरियो निलो कालो रंगबाट गोलियामा प्रिन्ट गर्न सकिन्छ। एक पटक मसि हालेपछि सो प्रिन्टरले ५ हजार गोलयाको प्रिन्ट गर्ने बताईएको छ। गोरखापत्रबाट

प्रकाशित: ७ चैत्र २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार