
काठमाडौं ।
आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रबर्दित ‘आइएमई पे’ ले उत्सवको बहार दुवई घुम्ने उपहार भन्ने मुल नाराका साथ नेपालीहरुको महान चाड दशैं, तिहार र छठलाई लक्षित गरि तयार पारिएको स्किमको विजेता घोषणा गरेको छ।
धनगढी कैलालीका अमिगो मनी ट्रान्सफर र सिमरा बाराका मोबाइल सरोकार उक्त स्किम अन्तर्गत विजेता घोषित भएको कम्पनीले जानकारी दिएकोछ। आइएमई काउण्टरबाट आइएमई पे मोबाइल एप प्रयोग गरि स्किम अवधिमा हवाई टिकट विक्री गरे वापत सिस्टममा आधारित लक्की ड्र मार्फत विजेता छनोट गर्दा वहाँहरू विजेता बन्न सफल भएका हुन्।
व्यवसाय प्रबर्द्धनमुखी यस्ता स्किममार्फत व्यवसायिक साझेदारहरुलाई पुरस्कृत गर्ने उद्धेश्यले उक्त सञ्चालन गरिएको थियो।
उक्त कार्यक्रममा दुई जोडीलाई ४ रात ५ दिनका लागि दुवई घुम्ने अवसर प्राप्त हुने गरि तयार पारिएको थियो। कोभिडका कारण बाहिरी देश भ्रमणको लागि उपर्युक्त समय नभएको कारण सोही भ्रमणको लागि लाग्ने खर्च रु ३,००,०००/– ( रु.१,५०,०००/‐ प्रति विजेता) आइएमई पे एपमार्फत स्किमका विजेताहरुलाई ट्रान्सफर गरिएको कम्पनीले जनाएको छ।
प्रकाशित: ७ चैत्र २०७८, सोमबार