सामसङले मेटाभर्स र रोबोटिक्सलाई भविष्यका लागि तयार पार्न खोज्दै

  • Technology Khabar | ६ चैत्र २०७८, आईतवार
सामसङले मेटाभर्स र रोबोटिक्सलाई भविष्यका लागि तयार पार्न खोज्दै

काठमाडौं ।

दक्षिण कोरियाली टेक जायन्ट सामसङले मेटाभर्स र रोबोटिक्सलाई भविष्यका लागि तयार पार्न खोजिरहेको छ। थप रूपमा, कम्पनीले आर्टिफिसियल इन्टेलिजेन्स, फाइभजी र अटोमोटिभ इलेक्ट्रोनिक्स क्षेत्रहरूमा अधिग्रहणमार्फत आफ्नो पोर्टफोलियोलाई बलियो बनाउन खोजिरहेको छ।

सामसङले यस हप्ताको साधारण सेयरहोल्डरहरूको बैठकमा पनि आफ्नो दीर्घकालीन कम्पनीको दृष्टिकोणलाई अनावरण गरेको छ।

कम्पनीको मुख्यालयमा भएको बैठकमा सामसङका उपाध्यक्ष तथा सह-सीईओ हान जोङ-हीले भने, “हामी ग्राहकहरूलाई जुनसुकै बेला र जहाँसुकै मेटाभर्सको अनुभव लिन सक्ने अप्टिमाइज्ड मेटाभर्स उपकरण र समाधानहरू विकास गर्नेछौं।”

दक्षिण कोरियाली समाचार आउटलेट हाङ्गक्योङ्गद्वारा रिपोर्ट गरे अनुसार, सामसङ इलेक्ट्रोनिक्सले मेटाभर्समा आफ्नो कदम जारी राख्ने योजना घोषणा गरेको छ। केहि विशेषज्ञहरूले कम्पनीको स्टकमा सुस्त कार्यसम्पादनको कारणले भविष्यमा कमजोर वृद्धिको भविष्यवाणी गर्न थालेका छन्।

केहीले सामसङले आफ्ना प्रतिस्पर्धीहरूको तुलनामा भविष्यको लागि तयारीमा लापरवाही गरेको बताएका छ, किनकि यसले २०१६ यता कुनै महत्त्वपूर्ण अधिग्रहणहरू गरेको छैन्। कम्पनीले सन् २०१६ मा अमेरिकी इलेक्ट्रोनिक्स प्रणाली निर्माता हरमनलाई ८ करोड डलरमा किनेको थियो।

कोरियाली टेक दिग्गजका उपाध्यक्ष र सीईओले यस वर्षको सुरुमा बार्सिलोनामा मोबाइल वर्ल्ड कंग्रेसमा मेटाभर्स परियोजनाहरूको सुरुवातले कम्पनीलाई नयाँ हार्डवेयर बनाउनको लागि प्रेरित गरेको बताएका थिए। “कृपया (मेटाभर्स डिभाइसको) प्रक्षेपणको लागि पर्खनुहोस्, किनकि हामी कडा परिश्रम गरिरहेका छौं,” हानले भने।

प्रकाशित: ६ चैत्र २०७८, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...