ह्वावे फ्रिबड्स ४ई वायरलेस इयरबड्स चीनमा लन्च, एक चार्जमा ४ घण्टासम्म चल्ने

  • Technology Khabar | ५ चैत्र २०७८, शनिबार
ह्वावे फ्रिबड्स ४ई वायरलेस इयरबड्स चीनमा लन्च, एक चार्जमा ४ घण्टासम्म चल्ने

काठमाडौं ।

ह्वावेले चीनमा ह्वावे फ्रिबड्स ४ई (FreeBuds 4E) ट्रु वायरलेस स्टेरियो इयरबडहरू लन्च गरेको छ। वेयरेबल डिभाइस कम्पनीको हार्मोनी ओएसका साथमा आउँछ।

ह्वावे फ्रिबड्स ४ईमा अडियो युनिभर्सल कार्ड र सिस्टम नोटिफिकेशन जस्ता फिचर पनि दिइएको छ। रिपोर्टहरूकाअनुसार यो वेयरेबल ब्लुटुथ ५.२ को लागि सपोर्टिभ छ र लगातार दुई डिभाइसहरुसँग कनेक्ट गर्न सकिन्छ।

हाल चिनियाँ बजारमा मात्र उपलब्ध यो डिभाइस नेपालल लगायतका बजारमा कहिले आउँछ थाहा छैन्।

ह्वावे फ्रिबड्स ४ईको मूल्य
ह्वावे फ्रिबड्स ४ई को बजार मूल्य चीनमा ६९९ युआन तोकिएको छ। यी सेरामिक ह्वाईट र सिल्भर फ्रस्ट रंग विकल्पहरूमा किन्न सकिन्छ।

ह्वावे फ्रिबड्स ४ई स्पेकहरू
ह्वावे फ्रिबड्स ४ई टिडब्लुएस एक सेमी-इन-इयर शैलीका इयरबडहरू हुन् जुन कम्पनीको हार्मोनी ओएससँग आउँछ। तिनीहरूमा एक्टिभ न्वाइज क्यान्सिलेसन दिइएको छ। यीसँग १४.३ एमएम ड्राइभरहरू छन् जसले ४० किलोहर्जसम्मको फ्रिक्वेन्सी दायरा प्रदान गर्दछ। यसमा गेमिङका लागि ९० मिलिसेकेण्ड सम्मको लो लेटेन्सी दायरा छ। साथै स्पर्श र इशारा नियन्त्रण सुविधाहरू पनि उपलब्ध छन्।

ह्वावे फ्रिबड्स ४ई ईयरबड्सलाई प्रत्येक बडमा ३०एमएएच ब्याट्री प्याक रहेको बताईएको छ। जबकि यसको चार्जिङ केसमा ४१० एमएएच ब्याट्री पावर छ।  एक पटक पूर्ण चार्जमा, तिनीहरू एक्टिभ न्वाइज क्यान्सिलेसन मोड सक्रिय गर्दा २.५ घण्टासम्म ब्याट्री ब्याकअप र एक्टिभ न्वाइज क्यान्सिलेसन बिना ४ घण्टासम्म प्लेब्याक समय दिन सक्छन्।

यी सबै सुविधाहरू बाहेक, ह्वावे फ्रिबड्स ४ई आईपी६७ रेटिङको साथ आउँछ जुन पानी प्रतिरोधको लागि प्रमाणित छ। तौलको हिसाबले, प्रत्येक बडको तौल ४.१ ग्राम छ भने चार्जिङ केस सहितको यन्त्रको कुल वजन ४२.१ ग्राम छ।

प्रकाशित: ५ चैत्र २०७८, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...