ह्वावेद्वारा चीनमा पी५०ई, नोभा ९ एसई तथा नयाँ रंगका पी५० प्रो सार्वजनिक

  • Technology Khabar | ४ चैत्र २०७८, शुक्रबार
ह्वावेद्वारा चीनमा पी५०ई, नोभा ९ एसई तथा नयाँ रंगका पी५० प्रो सार्वजनिक

काठमाडौं ।

चिनियाँ स्मार्टफोन कम्पनी ह्वावेले हालै चीनमा पी५० सिरिज, नोभा ९ एसई तथा नयाँ रंगका पी५० प्रो फ्ल्यागशिप फोन सार्वजनिक गरेको छ।

यीमध्ये ह्वावे पी५०ई पी५० कै डिजाइनमा भएको स्मार्टफोन हो जसमा पी५० को भन्दा केही कम क्षमताको स्न्यापड्रागन ७७८जी फोरजी चिपसेट राखिएको छ।

यसबाहेक यसका सबै स्पेसिफिकेशन पी५० सरह नै रहेको जीएसएमएरिनाले जनाएको छ।

यसमा ६.५ इन्च फुल एचडी+ ओएलईडी डिस्प्ले तथा १३ मेगापिक्सेलको पन्चहोल सेल्फी क्यामरा राखिएको छ। पछाडि भने ५० मेगापिक्सेलको मुख्यसहित ट्रिपल क्यामरा सेटअप दिइएको छ।

यस्तै यसमा हार्मोनीओएस २.० तथा ६६ वाट चार्जिङसहितको ४१०० एमएएच ब्याट्री राखिएको छ।

नोभा ९ एसईमा भने १०८ मेगापिक्सेलको मुख्य क्यामरा दिइएको छ। यस्तै भ्यानिला नोभा ९ को भन्दा फरक ६.७८ इन्च एलसीडी डिस्प्ले राखिएको बताइएको छ।

स्न्यापड्रागन ६८० फोरजी चिपसेट तथा ८ जीबी र्याम र १२८ जीबी आन्तरिक स्टोरेज रहेको यो डिभाइसमा ६६ वाट चार्जिङ सहितको ४००० एमएएच ब्याट्री राखिएको छ।

नोभा ९ एसईको मूल्य ८/१२८ भेरियन्टको ३४६ डलर तथा ८/२५६ भेरियन्टको ३७८ डलर तोकिएको जीएसएमएरिनाले जनाएको छ।

प्रकाशित: ४ चैत्र २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार