
काठमाडौं ।
निर्वाचन आयोगले आगामी दिनहरुमा हुने चुनावको लागि आचारसंहिता तयार गरेको छ। सो आचारसंहिता आगामी वर्ष वैशाखमा हुने स्थानीय निकायको निर्वाचनलाई केन्द्रमा राखेर तयार पारिएको हो जुन हालै राजपत्रमा छापिएको छ।
सो निर्वाचन आचारसंहिताले सामाजिक संजाल, संचारमाध्यमहरुसहित सबैलाई समेटेको छ।
जसमा निर्वाचनलाई असर पर्ने गरी फेक साइट वा एकाउन्ट संचालन गर्न नराउन नपाईने स्पष्ट उल्लेख गरेको छ भने सामाजिक संजामाल होच्याउने, अपमान गर्ने, हेट स्पिच, भ्रामक टिका टिप्पणी समेत गर्न नपाईने प्रावधान राखिएको छ।
यसका साथै कुनै प्रयोजनको लागि प्रकाशन वा प्रसारण भएको सूचना वा सामग्रीलाई निर्वाचनमा प्रभाव पार्ने उद्देश्यले तोडमोड गरी गराई सामाजिक संजालमा शेयर वा लाइक वा कमेन्ट गर्न वा गराउन नहुने उल्लेख छ।
आचार संहिताले कसैको चरित्र हत्या हुने, वयक्तिगत लान्छना लगाउने, लगायतका सामग्रीहरु उत्पादन तथा प्रकाशन प्रशारण गर्न रोक लगाएको छ भने उम्मेदवारी मनोनयपछि मतपरिणमहरुको सर्वेक्षण प्रकाशन प्रशारण समेत गर्न नपाईने भएको छ।
यस बाहेक निर्वाचनलाई प्रभाव पार्नेगरी कसैको पक्ष वा विपक्षमा विचार राख्न, प्रचार प्रसार गर्न कुनै विद्युतीय सामग्री उत्पादन गर्न वा अरुले प्रकाशन गरेका सामग्री शेयर गर्न नहुने कडा प्रावधान राखिएको छ ।
त्यसैगरी पदाधिकारी, कर्मचारी र निकायले मौन अवधिमा सामाजिक संजालमा दलहरु वा उम्मेदवारहरुको पक्ष वा विपक्षमा कुनै किसिमका कन्टेन्टहरु पोस्ट गर्न वा शेयर गर्न वा मत माग्न रोक लगाईएको छ ।
आयोगले तयार पारेको आचार संहितामा सम्बैधानिक निकायमा अधिकारीहरुले सामाजिक संजालमा राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै कन्टेन्ट पोस्ट गर्न प्रचार प्रसार गर्न वा शेयर गर्ने लगायका कार्य गर्न नहुने लेखिएको छ।
यस्तै प्रावधान सुरक्षा निकायका अधिकारीहरु र र शिक्षकहरु, परियोजना, समितिलगायतमा कार्यरत कर्मचारीहरु, गैरसरकारी र निजी क्षेत्रका अधिकारी तथा कर्मचारीहरु लाई समेत लागू गरिएको छ।
निर्वाचनमा खटिएका कर्मचारीहरुले भने निर्वाचनलाई प्रभाव पार्ने विषयमा सामाजिक संजालमा लेख्न तथा प्रतिक्रिया दिन नहुने प्रावधान रहेको छ।
आचारसंहितामा राजनीतिक दल, उम्मेदवार तथा दलको भातृ संगठनहरुले उम्मेदवारको कार्यालयमा डिजिटल बोर्ड, अडियो भिजुअल सामग्रीहरु प्रदर्शन गर्न नहुने व्यवस्था छ भने अनलाइन वेब पेज, टिभी स्क्रोलिङ्ग, सपिंग मलमा डिस्प्ले, कल सेन्टर संचालन, बैंकका एटिएम काउन्टरमा संदेश लगायतका कार्यहरु गर्न नहुने प्रावधान छ ।
यसका साथै मौन अवधिमा सामाजिक संजाल, अनलाइनलगायतका उम्मेदवारको पक्ष वा विपक्षमा कुनै संदेश, सूचना वा प्रचार प्रसारका सामग्रीहरु पोस्ट वा शेयर गर्न नहुने आचारसंहिताले व्यवस्था गरेको छ ।
त्यसैगरी मतदानको दिन कसैको पक्ष वा विपक्षमा एसएमएस फेसबुक मेसेन्जर ट्विटर भाइबर युट्युब इन्स्टाग्राम जस्ता विद्युतीय माध्यम प्रयोग गरी तथ्यहीन सामग्री प्रकाशन प्रशारण गर्न रोक लगाएको छ। यसका साथै मतदान स्थलमा क्यामरा तथा मोबाइल लगायतका सामग्रीहरु लैजान रोक लगाईएको छ।
संचारमाध्यम र पत्रकारहरुले समेत कसैको पक्ष विपक्षमा सामाजिक संजालहरुमा सामग्री प्रकाशन प्रशारण तथा कमेन्ट वा प्रतिक्रिया दिन रोक लगाईएको छ। यसका साथै उम्मेदवार र दलहरुको परिवारको बारेमा गलत र भ्रामक समाचार प्रकाशन गर्न नहुने व्यवस्था रहेको छ।
त्यसैगरी मौन अवधिमा सामाजिक संजाल तथा अनलाइन छापा माध्यमलगायतले कुनैपनि उम्मेदवारहरुको पक्ष विपक्षमा कन्टेन्टहरु प्रकाशन तथा प्रशारण गर्न रोक लगाएको छ भने त्यसमा कमेन्ट वा शेयर गर्न समेत प्रतिबन्ध गरिएको छ।
यस्तो आचारसंहिता उल्लघंन भएको अवस्थामा उजुरी दिने र सुनुवाई हुनेछ भने अनुगमन समितिका सदस्यहरुले विद्युतीय माध्यम वा सूचना प्रविधिको प्रयोग गरी अनुमन गर्न सक्नेछन्।
सो निर्वाचन आचारसंहिता २०७८ निर्वाचन आयोगले तोकेको मितिदेखि लागू हुने उल्लेख छ।
हेर्नुस् निर्वाचन आचारसंहिता २०७८-
निर्वाचन आचारसंहिता, २०७८ (2)प्रकाशित: ३ चैत्र २०७८, बिहीबार