शिओमीको एमआई स्पोर्टस् ब्लूटूथ हेडसेट, पानी र पसिनाले केहि नहुने

Technology Khabar २१ कार्तिक २०७३, आईतवार

काठमाडौं ।

काठमाडौं, २१ कात्तिक । शिओमीले ब्राण्ड न्यु हेडसेट एमआई स्पोर्टस् ब्लूटूथ हेडसेट (Mi Sports Bluetooth Headset) सार्वजनिक गरेको छ । यो कम्पनीले ब्लूटुथसहित हेडसेट ल्याएको पहिलो पटक हो । त्यसैगरी वाटरप्रुफ र स्वीटप्रुफ बडिसहितको आईपीएक्स फोर (IPX4) रेटिंग भएको कम्पनीको पहिलो हेडसेट पनि हो । यो हेडसेटको तौल १७.८ ग्राम मात्र रहेको छ ।

यो हेडसेटमा  ७ घण्टासम्मको ब्याट्री ब्याकअप दिने ११० एमएएच ब्याट्री राखिएको छ । यसमा ब्लूटुथ ४.१ भर्सन छ, जसले प्रयोगकर्तालाई अन्य डिभाइससँग केबल ३ सेकेण्डमा नै कनेक्ट गर्दछ । यसका अतिरिक्त यो मल्टि प्वाइन्ट फिचरका साथमा आउँछ, जसले प्रयोगकर्तालाई दुईवटा डिभाइससँग कनेक्ट गर्न र ती दुबैको बिचमा स्वीचिंग गर्न सहयोग गर्दछ ।xiaomi-mi-sports-bluetooth-headset-1

हाल चीनमा सार्वजनिक भएको यो हेडसेटको मूल्य १४९ यूआन अर्थात २२ अमेरिकी डलर पर्दछ भने नोभेम्बर ११ तारिखदेखि किन्न सकिनेछ । यो डिभाइस कालो र सेतो रंगमा उपलब्ध हुनेछ ।

माध्यम

प्रकाशित: २१ कार्तिक २०७३, आईतवार

तपाइको प्रतिक्रिया