
काठमाडौं ।
गुगलले आफ्नो इनपुट आउटपुट आईओ इभेन्ट आगामी मे ११ र १२ का लागि तय गरेको छ।
कम्पनीले यो वर्ष उक्त इभेन्ट शोरलाइन एम्पिथियटरबाट प्रत्यक्ष प्रसारण गर्ने पनि जनाएको छ।
अनलाइन रुपमा आयोजना हुने उक्त इभेन्टका मुख्य मुख्य क्षणहरु आयोजनास्थलबाटै लाइभस्ट्रिम गरिने जीएसएमएरिनाले उल्लेख गरेको छ।
द भर्जका अनुसार कम्पनीले एक विज्ञप्तिमार्फत् यो वर्षको इभेन्ट सीमित भौतिक दर्शकदीर्घामा मात्र प्रसारण हुने र भर्चुअल रुपमा भाग लिन सबैलाई नि:शुल्क प्रवेशको व्यवस्था गरिएको छ।
गुगलले एक्जियस इना फ्राइडलाई बताए अनुसार ती सीमित भौतिक दर्शक/सहभागीमा गुगलकै कर्मचारी र केही साझेदारहरु रहनेछन्।
We'll be back live from Shoreline Amphitheatre for this year's #GoogleIO! Join us online May 11-12 https://t.co/KgNKbaLeym pic.twitter.com/NUodJb7UCi
— Sundar Pichai (@sundarpichai) March 16, 2022
गुगलको वार्षिक आई/ओ पजल पनि आयोजनास्थालबाटै काउन्टडाउन क्लिकसहित लाइभ गरिने बताइएको छ।
कम्पनीले यसअघि नै पहिलो एन्ड्रोइड १३ डेभलपर प्रिभ्यू सार्वजनिक गरिसकेकोले उक्त आई/ओ इभेन्ट एन्ड्रोइड १३ मै केन्द्रित रहने अपेक्षा गरिएको छ।
प्रकाशित: ३ चैत्र २०७८, बिहीबार