मेटाले हटायो यूक्रेनी राष्ट्रपति जेलेन्स्कीले आत्मसमर्पण गरेको डीपफेक

  • Technology Khabar | ३ चैत्र २०७८, बिहीबार
मेटाले हटायो यूक्रेनी राष्ट्रपति जेलेन्स्कीले आत्मसमर्पण गरेको डीपफेक

काठमाडौं ।

फेसबुकको मूल कम्पनी मेटाले यूक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले आत्मसमर्पण गरेको डीपफेक भिडियो हटाएको छ।

उक्त भिडियोमा डीपफेकमार्फत् एडिट गरेर यूक्रेनी राष्ट्रपति जेलेन्स्कीले आफ्ना सेनालाई आत्मसमर्पण गर्न आदेश दिइरहेको देखाइएको छ।

उक्त भिडियो रुस-यूक्रेन युद्ध चलिरहँदा चर्चामा आएको समानान्तर सूचना युद्धको बेजोड नमूना भएको टेकक्रन्चले उल्लेख गरेको छ। यूक्रेनको सरकार तथा सामाजिक सञ्जाल पनि यसका लाग तयारी हालतमा रहेको बुझिएको छ।

कम्पनीले ‘तोडमोड गरिएको सामग्री’ सम्बन्धी नीति उल्लङ्घन गरेकाले उक्त भिडियो हटाइसकेको मेटाका सुरक्षा नीतिका प्रमुख नथानियल ग्लेइशरले बताएका छन्।

‘तोडमोड गरिएको सामग्री’ मल्टिमिडियाको रुपमा आउने मिथ्या सूचना हो जुन सामान्यतया: सार्वजनिक व्यक्तित्वहरुको भिडियोलाई तोडमोड र एडिट गरेर उनीहरुले कहिल्यै नभनेका कुराहरु भनेको बनाएर देखाइन्छ।

प्रकाशित: ३ चैत्र २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...