रुसी एन्टि-भाइरस प्रयोग नगर्न जर्मनीको चेतावनी

  • Technology Khabar | ३ चैत्र २०७८, बिहीबार
रुसी एन्टि-भाइरस प्रयोग नगर्न जर्मनीको चेतावनी

काठमाडौं ।

जर्मनीको साइबर सुरक्षा संस्थाले रुसमा मुख्यालय रहेको एन्टि-भाइरस कम्पनी कास्परस्कीका सफ्टवेयर प्रयोग नगर्न चेतावनी दिएको छ।

फेडरल अफिस फर इन्फर्मेशन सेक्युरिटी (बीएसआई)ले हालै यूक्रेन युद्धका क्रममा यस्तो ब्यहोरासहितको विज्ञप्ति जारी गरेको हो।

यस्तो निर्णय गर्नुका पछाडि रुसी सूचना प्रविधि व्यवसायमाथि जासूसी भइरहेको वा साइबर हमलाका लागि दबाब दिइएको हुनसक्ने उक्त संस्थाको बुझाई छ।

उता कास्परस्कीले भने उक्त चेतावनी राजनीतिक आधारमा आएको र यसमा रुस सरकारको कुनै संलग्नता नभएको बीबीसीलाई बताएको छ।

बीएसआईले हालको समस्यामा कास्परस्कीका उत्पादनलाई दोष नदिएको तर रुस र यूक्रेनबिचको युद्धको जोखिमले यूरोपियन यूनियन, नाटो तथा जर्मनीमाथि साइबर हमलाको सम्भाव्यता बढाएको जनाएको छ।

‘एउटा रुसी सूचना प्रविधि निर्माताले आफैं अनैतिक काम गर्न सक्छ, उसलाई अरु कसैले हमलाका लागि दबाब दिन सक्छ वा थाहै नपाई साइबर हमला पीडितहरुमाथि जासूसीको माध्यम बन्न सक्छ अथवा आफ्नै उपभोक्तामाथि हमला गर्ने साधन बन्न सक्छ’, चेतावनीमा उल्लेख गरिएको छ।

प्रकाशित: ३ चैत्र २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार