स्पोटीफाई र एफसी बार्सिलोनाबिच अभूतपूर्व साझेदारी

  • Technology Khabar | २ चैत्र २०७८, बुधबार

काठमाडौं ।

म्युजिक स्ट्रिमिङ प्लेटफर्म स्पोटीफाई र फुटबल क्लब बार्सिलोनाबिच दीर्घकालीन साझेदारी भएको छ।

यो साझेदारी आगामी जुलाईबाट लागू हुने गिजचाइनाले उल्लेख गरेको छ।

यो सम्झौतापछि स्पोटिफाई बार्सिलोनाको मुख्य साझेदार तथा अफिसियल अडियो स्ट्रिमिङ पार्टनरका रुपमा रहनेछ।

स्पोटिफाईको लोगो बार्सिलोनाको सन् २०२२-२३ सिजनको महिला तथा पुरुषको टिम जर्सी तथा ट्रेनिङ जर्सीको अगाडिपट्टि राखिनेछ।

यी दुई संस्थाले मिलेर विश्वभरका कलाकारहरुको संलग्नतामा मनाइने आइकनिक शर्टका लागि अवसर सिर्जना गर्ने बताइएको छ।

यसबाहेक यसले ऐतिहासिक क्याम्प नोउको टाइटल पार्टनर अफ द स्टेडियम बन्ने मौका पनि पाउनेछ। यसपछि उक्त रंगशालाको नाम स्पोटीफाई क्याम्प नोउका नामले रिब्रान्डिङ गरिनेछ।

साथै स्पोटीफाईले यो साझेदारीलाई विश्वभरका कलाकारमाझ छाउनका लागि पनि प्रयोग गर्न पाउनेछ। यसको मुख्य उद्देश्य फुटबल र संगीतलाई एकैसाथ ल्याएर खेलाडी तथा कलाकारलाई स्पोटीफाई क्याम्प नोउमा विश्व मञ्च प्रदान गर्ने रहेको गिजचाइनाले लेखेमो छ।

प्रकाशित: २ चैत्र २०७८, बुधबार

तपाइको प्रतिक्रिया