साइबर हमलाबाट इजरायलका सरकारी वेबसाइट डाउन

  • Technology Khabar | २ चैत्र २०७८, बुधबार
साइबर हमलाबाट इजरायलका सरकारी वेबसाइट डाउन

काठमाडौं ।

साइबर हमलाका कारण इजरायलका सरकारी वेबसाइटहरु डाउन भएका छन्।

हारिज तथा कानको अमिचाइ स्टेनका अनुसार हमलाकारीहरुले सोमबार साँझ इजरायलको स्वास्थ्य, आन्तरिक मामिला, न्याय तथा कल्याण मन्त्रालयलगायतका वेबसाइटहरुमाथि आक्रमण गरेका इन्ग्याजेटले जनाएको छ।

यसबाहेक प्रधानमन्त्री कार्यालयको वेबसाइटमा पनि क्षति पुगेको छ।

अहिले भने ती सबै वेबसाइटहरु यथास्थितिमा फर्किसकेको राष्ट्रिय साइबर निर्देशनालयले जानकारी दिएको छ।

उक्त घटना कसले गराएको भन्नेबारे सरकारले पहिचान गरिनसकेको भए पनि ती वेबसाइटहरुमा डीडीओएस हमला गरिएको र त्यसबाट वेबसाइटहरुमा थामिनसक्नु ट्राफिक आएको बताइएको छ।

हारिजले जनाए अनुसार साइबर हमलामा लक्षित साइटहरु जीओभी डट आईएल डोमेन भएका र यसका पछाडि राज्यकै कुनै संरचना वा ठूला संस्थाहरुको हात रहेको हुनसक्ने आशंक गरिएको छ।

अर्को समाचार संस्था डीडब्लूले यसको जिम्मा इरान सम्बद्ध ह्याकरहरुले लिएका र यो केही समयअघि इजरायलले इरानको आणविक भट्टीमा गरेको हमलाको बदलास्वरुप गरिएको जनाएको इन्ग्याजेटले उल्लेख गरेको छ।

प्रकाशित: २ चैत्र २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार