
काठमाडौं ।
खल्तीमार्फत इएमआई भुक्तानीमा १०० प्रतिशत क्यासब्याक जित्न सकिने भएको छ। साथै, दुई भाग्यशाली विजेताहरूले बम्पर पुरस्कारको रूपमा स्मार्टफोन जित्ने मौका पाउनेछन्।
यस अफर “इएमआई डन १००% रिटर्न” अनुसार हुलास फिन सर्भ, जगदम्बा क्रेडिट एण्ड इन्भेस्टमेन्ट, स्याकार होन्डा र एमएडब्लू इन्भेस्टमेन्ट प्राइभेट लिमिटेडको इएमआइ भुक्तानी गर्दा हरेक हप्ता एक जना भाग्यशाली बिजेताले भुक्तानीमा १०० प्रतिशत क्यास्ब्याक (रू.५,०० को अधिकतम सीमाको साथ) प्राप्त गर्नेछन् भने दुई जनाले बम्पर उपहारमा स्मार्टफोन जित्नेछन्।
यो अफर चैत १ देखि चैत ३० गतेसम्म सम्म मान्य बताईएको छ।
यस सुविधा बारे बोल्दै खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने, “प्रविधि र विकासको परिवर्तनसँगै, डिजिटाइजेसनको आवश्यकता द्रुत रूपमा बढिरहेको छ। डिजिटल कारोबारलाई अझ प्रोत्साहित गर्न तथा सबै प्रकारको भुक्तानी सहजै तिर्न सकियोस् भन्ने उद्देश्यले यो अफर ल्याईएको हो।”
रु.५००० माथिको भुक्तानी गर्नुपरेमा ग्राहकले आफ्नो खल्ती केवाईसी अनिवार्य रुपमा भेरीफाई गराएको हुनुपर्नेछ। खल्ती खाता नभएको खण्डमा साइन अप गरि वा नेपालभरी फैलिएको खल्तीको कुनै पनि खल्ती सेवा केन्द्रबाट पनि भुक्तानी गर्न सकिने बताईएको छ।
प्रकाशित: १ चैत्र २०७८, मंगलवार