क्रिप्टोकरेन्सी कारोबार गर्ने सबै एप बन्द गर्न दूरसञ्चार प्राधिकरणको निर्देशन

  • Technology Khabar | १ चैत्र २०७८, मंगलवार
क्रिप्टोकरेन्सी कारोबार गर्ने सबै एप बन्द गर्न दूरसञ्चार प्राधिकरणको निर्देशन

काठमाडौं ।

नेपाल दूरसञ्चार प्राधिकरणले क्रिप्टोकरेन्सी कारोबार गर्ने सबै प्रकारका मोबाइल एपहरु बन्द गर्न निर्देशन दिएको छ।

सबै इन्टरनेट सेवा प्रदायक आईएसपीहरुलाई सोमबार पत्राचार गर्दै प्राधिकरणले यस्तो निर्देशन दिएको हो।

नेपालमा क्रिप्टोकरेन्सी, बिटक्वाइन, हाइपर नेटवर्किङ, अनलाइन जुवा तथा गैरकानुनी क्रियाकलापमार्फत् आर्थिक अपराध बढेको भन्दै सूचना तथा प्रविधि मन्त्रालय र अर्थ मन्त्रालयले निषेध, डिसेबल तथा कालोसूचीमा राख्न प्राधिकरणलाई पत्राचार गरेको जवाफमा यस्तो निर्णय गरिएको प्राधिकरणले जनाएको छ।

प्रकाशित: १ चैत्र २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार