
काठमाडौं ।
नेपाल स्टक एक्स्चेञ्च (नेप्से)को अनलाइन कारोबार प्रणालीमा समस्या आएपछि आज शेयर कारोबार अवरुद्ध भएको छ। आज दिउँसो करिब १२ बजेर ५३ मिनेटदेखि बजारमा कारोबार रोकिएको हो।
टीएमएसको डाटा सेन्टरमा प्राविधिक समस्या आएकाले केही समय शेयर कारोबार रोकिएको नेप्सेले जानकारी दिएको छ। सूचनामा भने ब्रोकरहरुको डाटा सेन्टरमा समस्या देखिएपछि टिएमएस नचलेको उल्लेख छ।
हाल सो बारेमा अध्ययन भईरहेको बताईएको छ। नेप्सेले समस्या समाधान हुनासाथ कारोबार शुरु हुने जनाएको छ।
प्रकाशित: ३० फाल्गुन २०७८, सोमबार