शाओमी वाच एस१ एक्टिभ मार्च १५ मा आउने

  • Technology Khabar | ३० फाल्गुन २०७८, सोमबार
शाओमी वाच एस१ एक्टिभ मार्च १५ मा आउने

काठमाडौं ।

शाओमीको वाच एस१ एक्टिभ मार्च १५ अर्थात् मंगलबार सार्वजनिक हुने भएको छ।

केही समयअघि हल्लाका रुपमा मात्र रहेको यो जानकारी शनिबार कम्पनीले आधिकारिक रुपमा घोषणा गरेपछि सुनिश्चित भएको छ।

उक्त मितिमा कम्पनीको शाओमी १२ सिरिजको स्मार्टफोन पनि विश्व बजारमा सार्वजनिक गरिने तय भएको छ।

शाओमीले वाच एस१ एक्टिभका बारेमा कुनै विवरण बाहिर ल्याएको छैन तर कम्पनीले ट्विटरमा शेयर गरेको फोटोमा उक्त स्मार्टवाचको स्ट्र्याप सेतो, नीलो, कालो लगायत ६ रंगमा आउने बुझिएको छ।

गत वर्षको डिसेम्बरमा शाओमीले वाच एस१ चीनमा सार्वजनिक गरेको थियो तर यसलाई मंगलबार विश्व बजारमा सार्वजनिक गर्ने वा नगर्ने भन्ने प्रस्ट्याएको छैन।

प्रकाशित: ३० फाल्गुन २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार