
काठमाडौं ।
तपाईँ हामीले मोबाइल सेवा प्रयोग गर्दा सबैभन्दा पहिले मोबाइल सिम फोनमा राख्नुपर्ने हुन्छ । बुझ्ने भाषामा सिम कार्ड भनेर बुझ्ने गरिए पनि सिमको (SIM) पूरा रूप सब्स्क्राइबर आईडेन्टिटि मोड्यूल (Subscriber Identity Module) वा सब्स्क्राइबर आईडेन्टिफिकेसन मोड्यूल (Subscriber Identification Module) हो।
यो कार्ड अपरेटिङ सिस्टम (सीओएस/COS) चलाउने एक एकीकृत सर्किट हो जसले अन्तर्राष्ट्रिय मोबाइल ग्राहक पहिचान (आईएमएसआई/IMSI) नम्बर र यससँग सम्बन्धित की सुरक्षित रूपमा भण्डारण गर्छ। यो नम्बर र की मोबाइल टेलिफोनी उपकरणहरू (जस्तै मोबाइल फोन र कम्प्युटरहरू) मा ग्राहकहरूलाई पहिचान गर्न र प्रमाणीकरण गर्न प्रयोग गरिन्छ।
मोबाइल फोनमा प्रयोग हुने सिमकार्डको चौडाइ २५ एमएम, लम्बाइ १५ एमएम र मोटाई ०.७६ एमएम हुन्छ। यदि तपाईंले सिम कार्ड हेर्नुभएको छ भने, तपाईंले यो एक कुनामा काटिएको पक्कै पनि याद गर्नु भएको होला।
सिम कार्डको एक कुनामा काटिएको चिन्हको मुख्य कारण सिम कार्ड र मोबाइल फोन कार्डधनी पिनको सहीरुपमा सम्पर्क स्थापना गर्नु हो। सिम कार्डको पिन नम्बर १ ले मोबाइल फोनको सम्बन्धित पिनसँग मिल्दो हुनुपर्छ। सो एक भागमा काटिएको चिन्हले मोबाइल फोनमा सिम कार्डको सही स्थानान्तरणको लागि मार्गदर्शकको रूपमा काम गर्दछ।
यदि सिमकार्डमा काटिएको चिन्ह नभएको भए हामीलाई मोबाइल फोनमा राम्ररी घुसाउन गाह्रो हुने थियो। जसले गर्दा मोबाइल फोनमा गलत साइडबाट सिम कार्ड घुसाउने खतरा सधैं रहने थियो।
सिमकार्ड एक कुनामा काटिएको हुँदा हामी सजिलैसँग मोबाइल फोनमा सिमकार्डको कुन छेउमा घुसाउने हो भनेर पहिचान गर्न सक्छौं। त्यसैगरी फोनमा पनि तपाईँले सिमकार्डको ट्रेमा पनि सही साइडबाट सिम राख्नेगरी चिन्ह बनाईएको देख्नुहुनेछ। यसको अर्थ सिम कार्डको कुनाको अनुसार नै सिम ट्रेमा स्पेस रहेको हुन्छ र अर्को तर्फबाट सिम राख्न खोज्दा सिम ट्रेमा जाँदैन र अड्किने हुन्छ। एजेन्सीका साथमा
प्रकाशित: ३० फाल्गुन २०७८, सोमबार