काठमाडौं ।
सानिमा बैंकले मोबाइल बैंकिङ्ग एप “सानिमा सजिलो ईबैंकिङ्ग”मा सफलतापूर्वक नेपालपे क्यूआर समायोजन गरेको छ।
सजिलो इबैंकिङ्ग प्रयोगकर्ताहरुले अब नेपालपे क्यूआरबाट सजिलै क्यूआर स्क्यान गरी डिजिटल भुक्तानी गर्न सक्नुहुने बैंकले उल्लेख गरेको छ।
बैंकले नेपालपे क्यूआरको क्यूआरआधारित कारोबारका लागि एनसीएचएलसँग सहकार्य गर्नेछ। यस सहकार्यले नेपालमा डिजिटल भुक्तानी प्रणालीलाई प्रोत्साहन गर्दै डिजिटल कारोबार बढाउने अपेक्षा बैंकले गरेको छ।
सानिमा बैंकको देशका सातै प्रदेशमा १२४ कार्यालय र १११ वटा ए.टि.एम.संचालनमा रहेका छन्।
प्रकाशित: २७ फाल्गुन २०७८, शुक्रबार