रियलमी नार्जो ५०ए प्राईम मार्च २२ मा आउने, विवरण लीक

  • Technology Khabar | २७ फाल्गुन २०७८, शुक्रबार
रियलमी नार्जो ५०ए प्राईम मार्च २२ मा आउने, विवरण लीक

काठमाडौं ।

चिनियाँ स्मार्टफोन ब्राण्ड रियलमीले आफ्नो ५० सिरिजमा अर्को एउटा डिभाइस थप गर्ने भएको छ।

यसअघि ५० सिरिजमा नार्जो ५०, नार्जो ५०आई तथा नार्जो ५०ए उपलब्ध रहेकामा कम्पनीले अब नार्जो ५०ए प्राइम थप्न लागेको हो।

कम्पनीले इन्डोनेसियामा नार्जो ५०ए प्राइम सार्वजनिक गरेपछि यो लाइनअपमा ४ ओटा डिभाइस पुग्ने भएको छ।

रियलमीले यो नयाँ डिभाइसको कुनै पनि विवरण आधिकारिक रुपमा बाहिर ल्याएको छैन। तर कम्पनीले यसमा ६.६ इन्चको फुल एचडी डिस्प्ले तथा पछाडि ५० मेगापिक्सेलको मुख्यसहित ट्रिपल क्यामरा सेटअप रहने सुनिश्चित गरेको छ।

रियलमीको इन्डोनेशिया शाखाले आफ्नो वेबसाइटमा शेयर गरेको फोटोमार्फत् पनि रियलमी नार्जो ५०ए प्राइमको डिजाइन र रंग संयोजनको छनक दिएको छ।

प्रकाशित: २७ फाल्गुन २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...