क्रिप्टो प्लेटफर्म क्वाइनबेसद्वारा रुससम्बद्ध थुप्रै वालेटहरु ब्लक

  • Technology Khabar | २५ फाल्गुन २०७८, बुधबार
क्रिप्टो प्लेटफर्म क्वाइनबेसद्वारा रुससम्बद्ध थुप्रै वालेटहरु ब्लक

काठमाडौं ।

क्रिप्टोकरेन्सी कारोबार प्लेटफर्म क्वाइनबेसले रुससँग सम्बनध्त २५ हजार वालेट एड्रेसहरु ब्लक गरेको छ।

उक्त प्लेटफर्मले ती एड्रेसहरु रुसी नागरिकका भएका र यिनिहरु अबैध गतिविधिका लागि प्रयोग हुँदै आएका बताएको बीबीसीले उल्लेख गरेको छ।

क्रिप्टोकरेन्सीलाई रुसमाथि लगाइएको प्रतिबन्ध पन्छाउन प्रयोग हुन सक्ने डरले यी एड्रेसहरु ब्लक गरिएको बुझिएको छ।

क्वाइनबेसका मुख्य कानून अधिकृतपल ग्रेवालले यसबारेमा कम्पनीको ब्लगमा घोषणा गरेका हुन्।

उनले क्रिप्टो एक्सचेन्जले रुसमाथि लगाइएको प्रतिबन्धको कसरी पालना गरिरहेको छ भन्नेबारेमा प्रस्ट्याएका छन्।

यो नियमले प्रतिबन्ध लगाइएका व्यक्तिहरुका एकाउन्ट पहिचानका लागि प्रतिबन्ध लगाइएका व्यक्तिहरुले क्रिप्टोमा तथा ब्लकचेन एनालिटिक्समा पहुँच नपाउने व्यवस्था गर्दछ।

‘क्वाइनबेसले अवैध गतिविधिमा संलग्न भएको आशंकामा २५ हजार रुसी नागरिक तथा संस्थाको एड्रेस ब्लक गरेको छ। तीमध्ये अधिकांश हाम्रो आफ्नै अनुसन्धानबाट पत्ता लागेका हुन्’, ग्रेवालले लेखेका छन्।

प्रकाशित: २५ फाल्गुन २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...