“फाइनान्सियल नोटिसेस” एप नयाँ स्वरुपमा, यस्ता छन् थपिएका सुविधाहरु

  • Technology Khabar | २५ फाल्गुन २०७८, बुधबार
“फाइनान्सियल नोटिसेस” एप नयाँ स्वरुपमा, यस्ता छन् थपिएका सुविधाहरु

काठमाडौं ।

बैङ्क तथा वित्तीय संस्थाहरूको डिजिटल सूचना प्रवाह गर्ने वित्तीय साक्षरतामूलक फाइनान्सियल नोटिसेस एप प्ले स्टोरमा एक लाखभन्दा बढी पटक डाउनलोड भएको छ।

यससँगै एप्स फल्टर प्रविधिमा अद्यावधिक गरी एप्सलाई प्रयोगकर्ता मैत्री बनाई केही महत्वपूर्ण फिचरहरू पनि थप गरिएको कम्पनीले जानकारी गराएको छ।

नेपाली र अंग्रेजी दुवै भाषा छनोट गर्न मिल्ने, फिङ्गर प्रिन्ट वा पिनको सहायताले एप्स लक गर्न सकिने उक्त एप्स अबदेखि डार्क मोडमा समेत प्रयोग गर्न सकिने भएको छ।

त्यस्तै व्यक्ति वा संस्थागत दैनिक कारोबारहरू खर्च र आम्दानीको हिसाब, कर्जा सापटी लेनदेनका हिसाब, वस्तु खरिदबिक्रीका हिसाब, व्यावसायिक लेजरबुकमा राखिने हिसाब सहजै र सरल रूपमा लेखा राख्न सकिन्छ।

प्रयोगकर्ताको डाटा पूर्ण इन्क्रिप्टटेड गरी राखिने र यो पूर्णरुपमा निःशुल्क प्रयोग गर्न सकिने बताईएको छ।

कम्पनीका प्रबन्धक प्रकाश अर्यालकाअनुसार सर्भरमा सेभ गर्दा मोबाइल हरायो वा नयाँ मोबाइल प्रयोग गर्दा पनि ब्याकअप गर्दाको युजर आइडी (इमेल) प्रयोग गरी आफ्नो डाटा सुरक्षित गर्न सकिनेछ। तर, मोबाइलमै सीमित गर्न चाहनेले सर्भरमा नपठाउने अप्सन छान्न सक्नेछन् । यसो गर्दा मोबाइल हरायो वा बिग्रियो भने डाटा सुरक्षित हुँदैन्।

एप्समा नयाँ फिनटेक अफरहरु थप गरिएको छ जसबाट बैंक, वित्तीय संस्था र समग्र वित्तीय क्षेत्रका नयाँ प्रोडक्ट र सुविधाबारे जानकारी लिन सकिने कम्पनीले जनाएको छ।

एप्सबाट बैङ्क तथा वित्तीय संस्थाका ताजा आर्थिक सूचना, समाचार र महत्वपूर्ण आर्थिक जानकारी हेर्न पढ्न र सुन्न सकिन्छ।

प्रकाशित: २५ फाल्गुन २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...