दक्षिण कोरियाद्वारा एप्पल तथा गुगल लक्षित एपस्टोर सम्बन्धी नयाँ कानून अनुमोदन

  • Technology Khabar | २५ फाल्गुन २०७८, बुधबार
दक्षिण कोरियाद्वारा एप्पल तथा गुगल लक्षित एपस्टोर सम्बन्धी नयाँ कानून अनुमोदन

काठमाडौं ।

दक्षिण कोरियामा एपस्टोरमा भुक्तानी प्रणालीसम्बन्धी नयाँ कानून पारित भएको छ।

दक्षिण कोरियाले एप्पल तथा गुगलजस्ता एप स्टोर अपरेटरहरुलाई सफ्टवेयर डेभलपरहरुलाई उनीहरुकै भुक्तानी प्रणाली प्रयोग गर्नबाट रोक्ने कानूनलाई अनुमोदन गरेको हो।

यो जानकारी देशको दूरसञ्चार प्रदायकले मंगलबार उपलब्ध गराएको रोयटर्सले उल्लेख गरेको छ।

दक्षिण कोरियाले गत वर्ष ल्याएको टेलिकम्युनिकेशन बिजनेस एक्ट नामक कानूनलाई संशोधनसहित पारित गरेको हो।

३० प्रतिशतसम्म सेवा शुल्क लिनेगरी आफ्नै भुक्तानी प्रणाली प्रयोग गर्नुपर्ने गुगल र एप्पलको दबदबामाथि कुनै देशमा भएको यो पहिलो नियमन हो।

इन्फोर्समेन्ट अर्डिनेन्स नामको उक्त नियम आगामी मार्च १५ देखि कार्यान्वयनमा आउने बताइएको छ।

यो नियमले मोबाइल सामग्री प्रदायकले आफ्नो लोकप्रियताको दुरुपयोग गरी कुनै विशेष भुक्तानी प्रणाली नै प्रयोग गर्नुपर्ने बाध्यतालाई हटाउने नियामक संस्था कोरियन कम्युनिकेशन कमिशनले विज्ञप्तिमा जनाएको छ।

प्रकाशित: २५ फाल्गुन २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

दुर्गममा दू्र चिकित्सा सेवा प्रभावकारी

  • Technology Khabar
  • २५ फाल्गुन २०७८, बुधबार