ताइवानमा ब्याट्री फ्याक्ट्री बनाउने फक्सकनको योजना

  • Technology Khabar | २४ फाल्गुन २०७८, मंगलवार
ताइवानमा ब्याट्री फ्याक्ट्री बनाउने फक्सकनको योजना

काठमाडौं ।

फक्सकनले ताइवानमा ब्याट्री कम्पनी खोल्ने आफ्नो योजना सार्वजनिक गरेको छ।

कम्पनीले सोमबार ईभी उद्योगको एन्ड्रोइड बन्ने उद्देश्यका साथ निकट भविष्यमा ब्याट्री फ्याक्ट्री निर्माण गर्ने योजना घोषणा गरेको हो।

एप्पलको सबैभन्दा ठूलो आपूर्तिकर्ताका रुपमा रहेको यो कम्पनीले उक्त फ्याक्ट्रीमा ब्याट्री सेल, ब्याट्री प्याक तथा ग्रिड इनर्जी स्टोरेज सिस्टम उत्पादन गर्ने टेकस्पट डटकमले उल्लेख गरेको छ।

विश्वभरका सरकारहरु सबै उपकरणहरुलाई विद्युतीय बनाउने होडमा चलिरहेका बेला फक्सकनले भने आफ्नो व्यवसायलाई विविधिकरण गर्दै आईसीबाट विद्युतीयमा परिवर्तन हुँदै गएको अटो उद्योगको प्रमुख आपूर्तिकर्ता बन्ने उद्देश्य राखेको बुझिएको छ।

फक्सकनको योजना ब्याट्रीमा मात्र सीमित छैन। ती फ्याक्ट्रीमा विद्युतीय सवारी डिजाइन तथा एसेम्बल पनि गरिने बताइएको छ।

ताइवानमा आयोजित एउटा पत्रकार सम्मेलनमा फक्सकनका अध्यक्ष तथा सीईओ यङ लिउले आफूहरुको उद्देश्य शहरमा विद्युतीय गाडीहरुको समग्र इकोसिस्टम बनाउने र विभिन्न पार्टपुर्जाहरु ताइवानबाहिर निर्यात गर्ने रहेको बताए।

प्रकाशित: २४ फाल्गुन २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार