जिमेल एकाउन्ट ह्याक भएको कसरी पत्ता लगाउने? जान्नुहोस् प्रक्रिया

  • Technology Khabar | २३ फाल्गुन २०७८, सोमबार
जिमेल एकाउन्ट ह्याक भएको कसरी पत्ता लगाउने? जान्नुहोस् प्रक्रिया

काठमाडौं ।

जिमेल विश्वमै सबैभन्दा धेरै प्रयोग गरिने ईमेलमध्ये एक हो। यो एन्ड्रोइड स्मार्टफोन यूजरहरुको डिफल्ट ईमेल एकाउन्ट हो।

गुगलले थुप्रै गोपनीयता, तथा सुरक्षाका सुविधाहरु समावेश गरे पनि यो ह्याकिङ हमलाबाट शत प्रतिशत सुरक्षित भने छैन।

डाटा उल्लङ्घनका क्रममा गुगल एकाउन्ट/जिमेल ह्याक हुने तथा एकाउन्टको विवरण लीक हुने प्रवृत्ति देखिँदै आएको छ।

कतिपय अवस्थामा हाम्रा एकाउन्ट ह्याक गरिएको वा नगरिएको भन्ने भेउ पाउन हामीलाई गाह्रो हुन्छ। यस्तो बेला हामीले केही संकेतहरुलाई परीक्षण गरेर ह्याक भएको वा नभएको भन्ने पत्ता लगाउन सक्छाैं।

यदि तपाईँलाई आफ्नो गुगल एकाउन्ट ह्याक भएको पक्का वा शंका छ भने गुगलका केही दिशानिर्देशनहरुका मार्फत् ह्याक भएको थाहा पाउन वा ह्याक हुनसक्ने अवस्थामा रहेकोले जोगाउन सकिन्छ।

पासवर्ड, रिकभरी ईमेल आईडी तथा फोन नम्बर

सामान्यतया ह्याकरहरुले पासवर्ड, रिकभरी फोन नम्बर आदि बदल्ने गर्छन्।

यो मामलामा एकाउन्ट रिकभरी पेजमा गएर सकेसम्म धेरै प्रश्नको उत्तर दिनुपर्छ।

यसका लागि तपाईँले अधिकांश समय आफ्नो गुगल एकाउन्टसम्म पुग्नका लागि प्रयोग गर्दैआउनुभएको एउटा परिचित डिभाइसको उपयोग गर्ने प्रयास गर्नुपर्छ।

यसबाहेक धेरैजसो गुगल एकाउन्ट चलाउने ठाउँमा बसेर र त्यही ब्राउजर प्रयोग गर्नु उचित हुन्छ।

गुगल एकाउन्ट एक्टिभिटी रिभ्यू

  • एकाउन्ट एक्टिभिटीको समीक्षा गर्ने। यसो गर्नका लागि निम्न चरण पालना गर्नुपर्छ
  • आफ्नो गुगल एकाउन्टमा जानुहोस्। दायाँ नेभिगेशन प्यानलमा रहेको सेक्युरिटी सेलेक्ट गर्नुहोस्।
  • ‘रिसेन्ट सेक्युरिटी इभेन्ट’ प्यानलभित्र रिभ्यू सेक्युरिटी इभेन्ट सेलेक्ट गर्नुहोस्।
  • अब शंकास्पद गतिविधिको जाँच गर्नुहोस्
  • केही भेटिएमा नो सेलेक्ट गरेर ‘यो म थिइन’ तथा आफ्नो एकाउन्ट सुरक्षित गर्न सघाउन स्क्रीनमा दिइएको स्टेपको पालन गर्नुहोस्।
  • केही शंकास्पद गतिविधि नभेटिए एस सेलेक्ट गर्नुहोस्।

आफ्नो एकाउन्टमा लिंक भएका डिभाइसको समीक्षा गर्नुहोस्

  • आफ्नो एकाउन्टमा लिंक भएका डिभाइसको समीक्षा गर्नुहोस्
  • आफ्नो गुगल एकाउन्टमा गएर सेक्युरिटीमा क्लिक गर्नुहोस्।
    योर डिभाइसेजु प्यानलमा क्लिक गरेर म्यानेज डिभाइसेज सेलेक्ट गर्नुहोस्
  • आफूले नचिन्ने कुनै डिभाइस छन् कि हेर्नुहोस्
  • यस्ता कुनै डिभाइस नभेटिए डोन्ट रिकग्नाइज अ डिभाइस सेलेक्ट गरेर आफ्नो एकाउन्ट सुरक्षित राख्नका लागि स्क्रीनमा दिइएको स्टेपहरुको पालना गर्नुहोस्।
  • यति गरेपछि पनि एकाउन्टमा केही कुरा गडबड लागेमा तुरुन्तै पासवर्ड बदल्नुहोस्।

प्रकाशित: २३ फाल्गुन २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार