रियलमी जीटी निओ३ को विवरण लीक, यस्तो हुनेछ विशेषता

  • Technology Khabar | २२ फाल्गुन २०७८, आईतवार

काठमाडौं ।

रियलमीले यसै वर्षको उत्तरार्द्धमा ल्याउन लागेको जीटी निओ३ स्मार्टफोनको विवरण बाहिरिएको छ। यो डिभाइसका विवरण गीकबेन्चमार्फत् बाहिर आएको हो।

विवरण अनुसार जीटी निओ३ आरएमएक्स३३५६० तथा आरएमएक्स३५६२ गरी दुई भर्सनमा आउनेछ भने आरएमएक्स३५६२ गीकबेन्चमा पास पनि भइसकेको जीएसएमएरिनाले जनाएको छ।

यो डिभाइमा एन्ड्रोइड १२ तथा रियलमी यूआईको संयोजन रहनेछ भने १२ जीबी र्याम तथा डाइमेन्सिटी ८१०० अक्टाकोर प्रोसेसर रहनेछ।

यसबाहेक ६.७ इन्चको फुल एचडी+ एमोलेड डिस्प्ले तथा १५० वाटको फास्ट चार्जिङ सुविधा रहने पनि बताइएको छ।

पछाडिपट्टि ५० मेगापिक्सेलको मुख्यसहित ट्रिपल क्यामरा सेटअप रहनेछ भने सेल्फीका लागि १६ मेगापिक्सेल शूटर दिइनेछ।

प्रकाशित: २२ फाल्गुन २०७८, आईतवार

तपाइको प्रतिक्रिया