एप्पलका लगानीकर्ताहरुद्वारा सिभिल राइट्स अडिट गर्न कम्पनीसमक्ष माग

  • Technology Khabar | २२ फाल्गुन २०७८, आईतवार
एप्पलका लगानीकर्ताहरुद्वारा सिभिल राइट्स अडिट गर्न कम्पनीसमक्ष माग
Global IME Bank

काठमाडौं ।

एप्पलका शेयरधनीहरुले कम्पनीलाई नागरिक अधिकार लेखापरीक्षण अर्थात् सिभिल राइट्स अडिट गर्न आग्रह गरेका छन्।

उनीहरुले कम्पनीले महिला तथा सीमान्तकृत कर्मचारीहरुसँग गरेको दुर्व्यवहारका बारेमा स्वतन्त्र संस्थामार्फत् उक्त लेखापरीक्षण गराउन माग गर्ने प्रस्ताव अनुमोदन गरेका हुन्।

उक्त प्रस्ताव गत शुक्रबार कम्पनीको वार्षिक बैठकमा पारित भएको र यो बाध्यकारी नभएकाले उक्त सुझाव कार्यान्वयन गर्नैपर्ने नभएको एपीन्यूज डटकमले उल्लेख गरेको छ।

तर लामो समयदेखि नागरिक हकका बारेमा वकालत गर्दै आइरहेको कम्पनीले आफ्ना शेयरधनीहरुको मागलाई सम्बोधन नगर्दा एप्पल कम्पनी अप्ठेरोमा भने पर्न सक्ने बताइएको छ।

कम्पनीका सीईओ टिम कूकले शुक्रबार बैठकमा उठेका प्रश्नको जवाफ दिने क्रममा उक्त कुरा दोहोर्याएका हुन्।

‘मलाई समावेशीता तथा विविधता कर्मचारीका अधिकारका लागि अपरिहार्य लाग्छ’, कूकले भने, ‘ र मानिसहरुका विविधता, अनुभव तथा आइडियाहरु नयाँ इनोभेसनका आधारस्तम्भ हुन्।’

प्रकाशित: २२ फाल्गुन २०७८, आईतवार

Sajilo Visa
तपाइको प्रतिक्रिया

ताजा समाचार