सामसङद्वारा रूसमा आफ्नो सबै शिपमेन्ट निलम्बन

  • Technology Khabar | २१ फाल्गुन २०७८, शनिबार
सामसङद्वारा रूसमा आफ्नो सबै शिपमेन्ट निलम्बन

काठमाडौं ।

सामसङले युक्रेनमा रुसको आक्रमणपछि भूराजनीतिक घटनाक्रमको कारण आफ्ना डिभाइसहरुको ढुवानी रोकेको छ। सामसंग सबैभन्दा ठूलो मेमोरी चिप निर्माता र दक्षिण कोरियाको अग्रणी स्मार्टफोन कम्पनी हो।

सामसङले अर्को चरण निर्धारण गर्न यो जटिल अवस्थालाई सक्रिय रूपमा निगरानी गर्न जारी राख्ने बताएको छ।

डाटा प्रदायक काउन्टरप्वाइन्टको अनुसार २०२१ को चौथो त्रैमासिकमा ३० प्रतिशत बजार साझेदारीको साथ रसियामा ह्यान्डसेटहरूमा सामसङ इलेक्ट्रोनिक्स नम्बर १ मा छ, शाओमीको बजार २३ प्रतिशत र एप्पलको १३ प्रतिशत छ।

यसका साथै कम्पनीले ६० लाख डलर चन्दा सहयोगसमेत गर्ने भएको छ।

यसअघि टेक कम्पनी एप्पलले पनि रुससँगको सम्बन्ध तोडेको थियो।  त्यसैगरी अन्य टेक कम्पनीहरुले पनि आफ्ना सेवा तथा उत्पादन बिक्रीमा रोक लगाएका छन्।

प्रकाशित: २१ फाल्गुन २०७८, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

साइबर अपराधबाट बालबालिका बढी पीडित

  • Technology Khabar
  • २१ फाल्गुन २०७८, शनिबार