फोर्डले ईभी र आईसी इन्जिनयुक्त सवारीको व्यापार अलग्याउने

  • Technology Khabar | १९ फाल्गुन २०७८, बिहीबार
फोर्डले ईभी र आईसी इन्जिनयुक्त सवारीको व्यापार अलग्याउने

काठमाडौं ।

फोर्ड मोटर्सले आफ्ना विद्युतीय तथा इन्टर्नल कम्बशन इन्जिन इकाइहरु छुट्टा छुट्टै संस्थाका रुपमा चल्ने बताएको छ।

कम्पनीले आफ्नो ईभी व्यवसायलाई निकै द्रुत गतिले अगाडि बढाउनका लागि यो निर्णय गरेको रोयटर्सले उल्लेख गरेको छ।

रोयटर्सले बिहीबार उल्लेख गरे अनुसार फोर्डले यी दुई व्यापारलाई अलग अलग रुपमा सञ्चालन गर्ने योजना बनाए पनि दुवैको मुख्य कम्पनी भने एउटै हुने बुझिएको छ।

जनरल मोटर्स, फक्सवागन ग्रुपलगायत विश्वभरका अटो निर्माताहरु आफ्ना पेट्रोलियमबाट चल्ने सवारीलाई विद्युतीयमा बदल्न अर्बो डलर खर्चिरहेका छन्।

यस्तै उनीहरु इलन मस्कको टेस्ला तथा अन्य थुप्रै विद्युतीय स्टार्टअपहरुको बजार हिस्सा लिनका लागि विद्युतीय सवारीहरु पनि सार्वजनिक गरिरहेका छन्।

ब्रोकरेज वेडबसको अनुमान अनुसार ईभीको बजार आउँदो दशकमा ५० खर्ब डलरभन्दा नाघ्नेछ।

ईभीको व्यवसायलाई छुट्टै इकाइका रुपमा सञ्चालन गरेर फोर्डले यही परिदृश्यका लागि तयारी गरिरहेको बुझिने कम्पनीङ्का अधिकारीहरुले बताएका छन्।

प्रकाशित: १९ फाल्गुन २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...