उद्यमशीलता तथा दिगो आर्थिक विकासका लागि पाल्पा जिल्लाका तीन गाउँपालिका र नबिल बैंकबीच सहकार्य

  • Technology Khabar | १६ फाल्गुन २०७८, सोमबार
उद्यमशीलता तथा दिगो आर्थिक विकासका लागि पाल्पा जिल्लाका तीन गाउँपालिका र नबिल बैंकबीच सहकार्य

काठमाडौं ।

उद्यमशीलता विकासको लागि नबिल बैंकले पाल्पाको तानसेन नगरपालिका, रिव्दीकोट गाउँपालिका, तिनाउ गाउँपालिकाबीच सम्झौता गरेको छ ।

बैंकले उद्यमशीलता विकाससँगसँगैं दिगो आर्थिक विकास, वित्तीय साक्षरता साथै वित्तीय पहुँच प्रवर्द्धन गर्ने उद्देश्यले हेफर प्रोजेक्ट नेपालको सहयोगमा पाल्पाको तीन पालिकासँग सम्झौता गरेको हो ।

पाल्पा जिल्लाको तानसेनमा गरिएको सम्झौतामा नबिल बैंकको तर्फबाट नायव प्रमुख कार्येकारी अधिकृत सुजित कुमार शाक्य र पालिकाको तर्फबाट तानसेन नगरपालिकाका प्रमुख अशोक कुमार शाही, रिव्दीकोट गाउँपालिकाका अध्यक्ष नारायण बहादुर जिसि र तिनाउ गाउँपालिकाका अध्यक्ष ओम बहादुर घर्ती मगरले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

कार्यक्रमका प्रमुख अतिथी तथा नविल बैंक लिमिटेडका अध्यक्ष उपेन्द्र प्रसाद पौडेलले नेपालले अवलम्बन गरेको संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्यलाई बैंकको तर्फबाट सहयोग गर्ने उदेश्यका साथ नबिल बैंकले लिएको दिगो बैकिङको पहलमा यो सम्झौता कोशेढुंगा सावित हुने साथै यसले स्थानीय स्तरमा उद्यमशीलता विकास गर्दै आर्थिक रुपान्तरणमा सहयोग गर्ने बताए।

कार्यक्रममा नबिल बैंकका नायव प्रमुख कार्येकारी अधिकृत सुजित कुमार शाक्यले तानसेन नगरपालिका, रिव्दीकोट गाउँपालिका र तिनाउ गाउँपालिकाकाबाट उपस्थित विभिन्न उद्यमीहरुलाई कर्जा स्वीकृती पत्र समेत हस्तान्तरण गरे ।

नेपाल सरकारले अवलम्बन गरेको संयूक्त राष्ट्रसंघको दिगो विकासको लक्ष्यलाई सघाउन नबिल बैंकले २०७८ असार १५ गते धान दिवशको दिन दिगो बैंकिङ कार्यक्रमको सुरुवात गरेको हो ।

प्रकाशित: १६ फाल्गुन २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार