आइएमई होस्टेमा हैंसे अफर सार्वजनिक

  • Technology Khabar | १६ फाल्गुन २०७८, सोमबार
आइएमई होस्टेमा हैंसे अफर सार्वजनिक

काठमाडौं ।

आइएमईले बैंक डिपोजिटलाई लक्षित गरी होस्टेमा हैंसे अफर सार्वजनिक गरेको छ । सेवाग्राहीमुखी उक्त अफर फागुन १७ देखि चैत्र १७ (एक महिनासम्म) लागु रहनेछ।

अफर अन्तर्गत नेपालभरी जुनसुकै बैंक तथा वित्तीय संस्था, सहकारी संस्था तथा आइएमई पे वालेट खातामा सिधै रकम पठाउँदा हरेक दिन पाँच जनालाई १ हजार, हरेक हप्ता दुई जनालाई २५ हजार तथा बम्परमा एक जना भाग्यशाली सेवाग्राहीलाई १ लाख ५० हजार रकम पुरस्कार स्वरूप प्रदान गरिनेछ।

अफर अवधिमा भाग्यशाली विजेता छनौटका लागि कम्पनीले निश्चित सेवा र शर्तहरू निर्धारण गरेको छ। सेवा र शर्तहरू अनुसार भाग्यशाली विजेताको छनौट प्रविधिमा आधारित ‘लक्की ड्र’ मार्फत गरिनेछ कम्पनीले जनाएको छ।

कम्पनीको अनुसार विदेशबाट नेपाल र नेपालभित्र बैंक डिपोजिट गर्ने सबै आइएमई ग्राहकहरू यस अफरमा सहभागी हुन योग्य हुनेछन्।

सेवाग्राहीहरुले आइएमईको जुनसुकै एजेन्ट सञ्जालमार्फत रेमिटेन्स कारोबार गरेको भौचरको सक्कलप्रती योजना घोषणा अवधिसम्म सुरक्षित राख्नुपर्नेछ।

प्रकाशित: १६ फाल्गुन २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार