साना तथा मझौला उद्यमहरूका लागि स्मार्ट टेलिकमको “स्मार्ट एसएमई सियूजी प्लान”

  • Technology Khabar | १६ फाल्गुन २०७८, सोमबार
साना तथा मझौला उद्यमहरूका लागि स्मार्ट टेलिकमको “स्मार्ट एसएमई सियूजी प्लान”

काठमाडौं ।

नेपालमा सबैभन्दा छिटो फोरजी नेटवर्क सेवा प्रदायक कम्पनी स्मार्ट टेलिकम प्रालिले साना तथा मझौला उद्यमहरूको वृद्धि र विकासका लागि नयाँ योजना “स्मार्ट एसएमई सियूजी प्लान” ल्याएको छ।

स्मार्ट एसएमई सियूजी प्लान साना र मध्यम आकारका उद्यमीहरूलाई उत्कृष्ट सञ्चार योजनाहरू प्रदान गर्न समर्पित छ। साना र मझौला उद्यमहरूले यस योजना अन्तर्गत अनलिमिटेड भ्वाइस कल, एस.एम.एस र डाटा प्याकहरू लगायतका लाभहरू प्राप्त गर्न सक्छन्।

यस योजना अन्तर्गत कुनै पनि कम्पनीमा आबद्ध कर्मचारीहरूले भ्वाइस कल र एसएमएसको सीमित उपलब्धताको बारेमा चिन्ता लिनु पर्दैन, किनकि स्मार्ट एसएमई सियूजी प्लान मार्फत कम्पनीको सदस्यता भएको मोबाइल नम्बरहरु बीच कुराकानी गर्न असीमित भ्वाइस कलहरू प्रदान गर्दछ।

कम्पनी तथा व्यवसायमा कार्यरत कर्मचारीहरूले नियमित सञ्चार र निर्धक्क कुराकानीको लाभ उठाउनुका साथै नियमित न्युज तथा अपडेट समेत पाउने कम्पनीले जानकारी दिएको छ।

रु. २०० को सुपथ मूल्यमा, नेपालभरका प्रयोगकर्ताहरूले यस योजनामा निम्न लाभहरू प्राप्त गर्न सक्नेछन्ः

-सीयूजी (भ्वाइस र एसएमएस) संगठन भित्र असीमित
-५ जीबी डाटा (टूजी र फोरजी)
-१५० मिनेट भ्वाइस (अन-नेट/अफ-नेट)
-१५० मिनेट भ्वाइस (अल नेट)
– १५० एसएमएस (अन-नेट/अफ-नेट)
-१५० एसएमएस (अल नेट)
-३०० मिनेट भ्वाइस (अन-नेट)
-३०० एसएमएस (अन-नेट)

ग्राहकहरुको इच्छा र आवश्यकतालाई मध्यनजरमा राख्दै स्मार्ट टेलिकमले सधैं नयाँ तरिकाबाट सोच्ने र तीनलाई आफ्नो उपयोगी योजनाका रुपमा डिजाइन गर्ने र सबै प्रकारका ग्राहकहरुलाई समेट्ने गरी योजनाहरू लिएर आउने बताएको छ।

प्रयोगकर्ताहरुको अनुभवलाई सजिलो बनाउने र बढावा दिने हाम्रो प्रतिबद्धतालाई कायम राख्दै, स्मार्ट टेलिकमले दैनिक जीवनलाई सहज बनाउने यस्ता विभिन्न किसिमका रोमाञ्चक अफर तथा योजनाहरू ल्याउदै आउनुका साथै स्मार्ट प्रयोगकर्ताहरूसँगको सम्बन्धलाई बलियो बनाउन सधैं सक्रिय रहेको जनाएको छ।

प्रकाशित: १६ फाल्गुन २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

साइबर अपराधबाट बालबालिका बढी पीडित

  • Technology Khabar
  • १६ फाल्गुन २०७८, सोमबार