महाशिबरात्रीको अवसरमा ग्यापुको महासेलिब्रेसन

  • Technology Khabar | १६ फाल्गुन २०७८, सोमबार
महाशिबरात्रीको अवसरमा ग्यापुको महासेलिब्रेसन

काठमाडौं ।

महाशिबरात्रीको अवसरमा ग्यापुले महासेलिब्रेसन अफर ल्याएको छ। महाशिबरात्रीको अवसरमा ग्यापुले पुजा सामग्रीहरूमा ३० प्रतिशत सम्मको छुट प्रदान गरेको छ।

त्यस्तै गरी ग्यापुको जी-बार अन्तर्गतको सामग्रीमा बाई वान गेट वान फ्रि अफर उपलब्ध गराएको छ। कुनै पनि एउटा सामग्री खरिद गरेको खण्डमा सोही अर्को सामान सित्तैमा प्राप्त गर्न सकिन्छ।

साथै हुक्कामा १० प्रतिशत सम्मको छुट प्राप्त गर्न सकिन्छ । ग्यापुमा आगो बाल्नको लागि दाउरा पनि खरिद गर्न सकिन्छ । ग्यापुको सम्पुर्ण सामग्रीहरू फ्रि डेलिभरी हुनेछ । साथै दुई हजार सम्मको सामान खरिदमा तत्काल नगद छुट पाउनको लागि SHIVA200 कोड राख्न सकिन्छ।

ग्यापुमा सपिङ गर्न मोबाइल एप वा कम्पनीको वेबसाईटमार्फत अर्डर गर्न सकिन्छ ।

ग्राहकले सामान खरिद गर्दा इ–सेवा, प्रभु पे, फोन पे , सेल पे, आइएमइ पे, खल्ती र जुनसुकै बैंकको मोबाइल बैकिङबाट पनि ‘क्युआर’ कोड मार्फत भुक्तानी गर्न सक्छन् ।

त्यस्तै विश्वभरका कुनै पनि डेबिट र क्रेडिट कार्ड प्रयोग गरेर भुक्तानी गर्ने सुविधा समेत उपलब्ध छ। साथै ग्राहकले डेलिभरीको समयमा नगद समेत दिन सक्ने कम्पनीले बताएको छ।

प्रकाशित: १६ फाल्गुन २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार