
काठमाडौं ।
मेटा प्लेटफर्मले एउटा ह्याकिङ समूहले यूक्रेनका केही सार्वजनिक व्यक्तिहरुलाई लक्षित गर्न फेसबुकको प्रयोग गरेको बताएको छ।
मेटा प्लेटफर्मले एउटा ह्याकिङ समूहले यूक्रेनका केही सार्वजनिक व्यक्तिहरुलाई लक्षित गर्न फेसबुकको प्रयोग गरेको बताएको छ।
ती सार्वजनिक व्यक्तित्वहरुमा उच्च पदस्थ सैनिक अधिकारीहरु, राजनीतिज्ञ तथा पत्रकारहरु रहेका छन्।
रुसले यूक्रेनमाथि गरिरहेको हमलाका क्रममा सार्वजनिक व्यक्तित्वहरुका बारेमा जासूसीका लागि फेसबुकको दुरुपयोग भइरहेको आरोप लगाएको हो।
मेटाले विगत ४८ घण्टामा फेसबुक र इन्स्टाग्राममा रहेका ४० ओटा फेक एकाउन्ट, ग्रुप तथा पेजको नेटवर्क हटाएको बताएको छ।
ती एकाउन्टहरु रुस तथा यूक्रेनबाट चलाइएका र विशेषगरी यूक्रेनीहरुको जासूसीका लागि प्रयोग भएकाले नियम उल्लङ्घनका हिसाबले हटाइएको कम्पनीले जनाएको छ।
ट्विटरले पनि १ दर्जनजति एकाउन्ट सस्पेन्ड गरेको तथा प्लेटफर्मको नियम उल्लङ्घन गर्ने खालका पोस्ट तथा लिंकहरु शेयर गर्नबाट ब्लक गरिएको कम्पनीका एक प्रवक्ताले बताएका छन्।
ती एकाउन्टहरु प्राय रुसबाट चलाइएका र हाल भइरहेको यूक्रेन-रुस युद्धबारेका कुराकानीलाई अवरोध पुर्याउने उद्देश्यले गरिएको रोयटर्सले उल्लेख गरेको छ।
प्रकाशित: १७ फाल्गुन २०७८, मंगलवार