सिटिजन्स बैंक इन्टरनेसनलको दशौं वार्षिक साधारण सभा सम्पन्न

  • Technology Khabar | १७ आश्विन २०७३, सोमबार
सिटिजन्स बैंक इन्टरनेसनलको दशौं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं ।

काठमाडौं, १७ असोज । सिटिजन्स बैंक इन्टरनेसनलको दशौं वार्षिक साधारण सभा बैंकका सञ्चालक समितिका अध्यक्ष डा. शंकर प्रसाद शर्माको अध्यक्षतामा सम्पन्न भएको छ ।

बैंकले आर्थिक वर्ष २०७२/७३ मा थप रु. ११ अर्व ६१ करोड निक्षेप परिचालन गरी कूल निक्षेप रु. ४७ अर्व ३९ करोड परिचालन गरेको तथा कर्जा लगानी तर्फ थप रु. ११ अर्व ३६ करोड वृद्धि गरी कुल रु. ४० अर्व ५६ करोड कर्जा प्रवाह गरेको छ । त्यस्तै सोही आ.व.मा बैंकको संचालन मुनाफामा ४२.४५% र खुद मुनाफामा ४९.९९% वृद्धि भई क्रमश रु. १ अर्व ५६ करोड ४९ लाख तथा १ अर्व ८ करोड ३ लाख आर्जन गरेकोे बैंकले जानकारी दियो ।

बैंकले शेयरधनीलाई आ.व. २०७२/७३ का लागी रु.७५,०६,७५,७६२।– बरावरको बोनस शेयर र कर तिर्ने प्रयोजनको लागि रु.३,९५,०९,२५१।– वरावर नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । यस प्रकार वोनस वितरण गरेपछि बैंकको चुक्ता पूंजी रु. ४ अर्व ७५ करोड ११ लाख १२ हजार पुगेको बैंकले जनाएको छ । साथै नेपाल राष्ट्र बैंकको निर्देशन वमोजिम बैंकको चुक्ता पूंजी रु. ८ अर्व पुर्याउने उद्देश्य अनुरुप बैंकले आफनो पूंजी योजना अनुसार चालु आर्थिक वर्ष भित्र (२५ प्रतिशत) हकप्रद शेयर जारी गर्ने समेत निर्णय गरेको छ ।

सोही सभावाट समूह “क” का संस्थापक शेयरधनीहरुको तर्फवाट प्रतिनिधित्व गर्न गरिएको निर्वाचनमा मनोहरदास मूल निर्विरोध निर्वाचित भएको जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित: १७ आश्विन २०७३, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...